लिम्बायत पुलिस स्टेशनको छप्परबाट हाम फालेर युवकले गऱ्यो आत्महत्या
लिम्बायत पुलिस स्टेशनको छप्परबाट हाम फालेर युवकले गऱ्यो आत्महत्या


सूरत, 24 नोभेम्बर (हि.स.)। सूरतको लिम्बायत पुलिस स्टेशनबाट एक छक्क पार्ने घटना अघि आएको छ। यहाँ एक युवकले चार तले पुलिस स्टेशनको छप्परबाट हाम फालेर आत्महत्या गऱ्यो। पुलिस स्टेशनको कम्पाउण्डमा झर्नसाथ उसको घटनास्थलमै मृत्यु भय़ो।

युवकको आय़ु लगभग 35 देखि 40 वर्षबीच बताइएको छ। सूत्रहरू अनुसार, उ आज कुनै शिकायत वा आवेदनको निम्ति पुलिस स्टेशन आएको थियो तर केही बेरपछि उ अचानक बिल्डिङको छप्परमा पुग्यो र त्यहाँबाट हाम फाल्यो। युवकको शवलाई पोस्टमार्टमको निम्ति श्मीमेर अस्पताल पठाइएको छ।

लिम्बायत पुलिस युवकको पहिचान खोलाउन र उसको परिवारको पत्तो लगाउनमा जुटेको छ। मामिलाको गम्भीरतलाई मध्यनजर राखेर वरिष्ठ अधिकारी पुलिस स्टेशन पुगिसकेका छन् र अग्रिम कारबाही जारी छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande