
गान्तोक, 24 नोभेम्बर (हि.स.)। भारतीय सिनेमाका एक बहुमुखी प्रतिभा अभिनेता धमेन्द्र देओलको निधन भएको छ। धमेन्द्रको निधनका कारण सिनेमा जगत र उनका प्रशंसकहरू शोकमा डुबेका छन्।
मुख्यमन्त्री प्रेमसिंह तामाङले धमेन्द्रको निधनमा हार्दिक समवेदना व्यक्त गरेका छन्। उनले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा अभिनेता धर्मेन्द्रलाई एक कालातीत आइकन बताउॅंदै उनको प्रस्थानले भारतीय सिनेमाको एक प्यारो अध्याय समाप्त भएको बताएका छन्।
मुख्यमन्त्रीले भने, आफ्नो उल्लेखनीय बहुमुखी प्रतिभाको लागि सम्मानित धमेन्द्रले प्रत्येक पात्रलाई इमानदारी, शक्ति र आकर्षणले भरिदिन्थे। उनले यस शोकको घडीमा उनका परिवार, प्रियजनहरू र उनको कामलाई कदर गर्ने असंख्य प्रशंसकहरूसँगमा समवेदना व्यक्त गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल