पानी सम्झेर एसिडमा पकायो खाना, घाटालमा एउटै परिवारका छःजनाको अवस्था गम्भीर
पानी सम्झेर एसिडमा पकायो खाना, घाटालमा एउटै परिवारका छःजनाको अवस्था गम्भीर


पश्चिम मेदिनीपुर, 24 नोभेम्बर (हि. स.)। जिल्लाको घाटालस्थित रत्नेश्वरबाती गाउँमा पानी सम्झेर एसिडले खाना पकाएको कारणले एउटै परिवारका छःजना सदस्यहरू गम्भीर रूपमा बिमार भएष यसमा दुईजना स-साना नानीहरू पनि सामेल छन्। सबैलाई कोलकाताको एसएसकेएम (पीजी) अस्पतालमा भर्ती गरिएको छ जहाँ उनीहरूको स्थिति चिन्ताजनक रहेको बताइएको छ।

घटनाको जानकारी पाउनसाथ घाटाल पञ्चायत समितिका स्वास्थ्य कर्माध्यक्ष पञ्चानन मण्डल, पुलिस अनि प्रशासनका अधिकारीहरूले घटनास्थलमा पुगेर स्थितिको जायजा लिए।

स्थानीय सूत्र अनुसार रत्नेश्वरबाती गाउँका बासिन्ता सन्तु सन्यासीको घरमा ताँबा-चाँदीको काम हुन्छ जसले गर्दा घरमा सदैव एसिड राखिन्छ। गए आइतवार अपरान्ह उनीहरूको एकजना आफन्तले गल्तीले घरमा राखिएको एसिडलाई पानी सम्झेर खाना पकाउँदा प्रयोग गऱ्यो। त्यै एसिड मिसिएको पानीले भात र सब्जी पकाए, तर कसैलाई यस बारेमा थाहा भएन।

खाना खाएको केही समयपछि परिवारका सबै सदस्यहरूको अचानक स्वास्थ्य बिग्रिन शुरू भयो। उनीहरूलाई भुँड़ी दुख्ने, वान्ता तथा छटपटी जस्तो समस्या हुन थाल्यो। आफन्तहरूले तत्कालै सबैलाई घाटाल महकुमा अस्पतालमा पुऱ्याए। तर स्थिति गम्भीर रहेकोले डाक्टरहरूले सबैलाई कोलकाताको एसएसकेएम अस्पतालमा रेफर गरिदिए।

स्वास्थ्य कर्माध्यक्ष पञ्चानन मण्डलले बताए, पानी ठानेर एसिडले पकाएको खाना सेवन गरेकोले परिवारका छः जना सदस्यहरू गम्भीर रूपमा बिमार भएका छन् जसमा दुईजना नानीहरू पनि छन्। सबैलाई एसएसकेएम अस्पतालमा भर्ती गरिएको छ। पुलिसले घटनाको जाँच गरिरहेको छ। यस घटनाले सम्पूर्ण क्षेत्रमा कोकोहोलो मचाएको छ। पुलिसले यो जाँच गरिरहेको छ कि एसिड थाहा नपाई किन राखिएको थियो अनि यस्तो ठूलो भुल कसरी भयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande