
दक्षिण 24 परगना, 24 नोभेम्बर (हि. स.)। जिल्लाको जयनगरमा सोमवार भोर बिहान गोड़ेरहाट नजिकै अवस्थित एउटा दुई तले दोकान र गोदाम आगोको चपेटमा परी पूर्ण रूपमा खरानीमा परिणत भयो। दमकलका दुईवटा वाहनहरूको सहयोगमा आगोलाई नियन्त्रण गरियो, तर त्यसबेलासम्ममा ठूलो नोक्सान भइसकेको थियो।
जानकारी अनुसार बिहान-बिहान दक्षिण बारासात स्टेशन तर्फ ट्रेन चढ़्न गइरहेका केही स्थानीय मानिसहरूले देखे, सड़क किनारमा अवस्थित नारायण गाएनको ड्राई फ्लावर्स दोकान अनि गोदाममा आगो बलिरहेको छ। आगो भयानक थियो जसले हेर्दा-हेर्दै सम्पूर्ण भवनलाई आफ्नो चपेटमा लियो। चित्कार-पुकार सुनेर वरपरका मानिसहरू निन्द्राबाट ब्युँझिए अनि तत्कालै घटनाको सूचना दमकल विभागलाई दिए। सूचना पाएर घटनास्थलमा आएको दमकलका दुई वटा वाहनहरूले कड़ा परिश्रम गरेर आगोलाई निभायो। तर त्यसबेलासम्ममा आगोले सम्पूर्ण दोकान अनि गोदामलाई स्वाहा बनाइसकेको थियो। यो समाचार लेखुञ्जेलसम्म आगलागीको कारण पत्तो लागेको थिएन। पुलिस र दमकल विभागले आगलागीको कारण पत्तो लगाउन जाँच गरिरहेको छ। स्थानीय मानिसहरूले बताए अनुसार आगोको तीव्रता अत्यधिक रहेको कारणले क्षणभरमै सम्पूर्ण भवन खरानीमा परिणत भयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा