
गुवाहाटी, 24 नोभेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले सिखहरूका नवौं गुरू, हिन्दका च्यादर गुरू तेग बहादुरलाई उनको पुण्यतिथिमा नमन गर्दै भने, गुरुजी धार्मिक दृढ़ता, निर्भयता औ मानवीय मूल्यहरूका शाश्वत प्रतीक हुन्।
मुख्यमन्त्रीले सोशल मीडियामा जारी आफ्नो सन्देशमा भने, गुरू तेग बहादुरको सम्पूर्ण जीवन सत्य, न्याय, प्रेम औ एकताको संदेशबाट परिपूर्ण रहिआएको छ। उनको सर्वोच्च बलिदानले हामीलाई अन्यायको विरोधमा उभिने तथा मानव सेवाको मार्गमा अग्रसर हुने प्रेरणा दिन्छ। उनले गुरुजीका आदर्शहरूलाई आजको समयमा पनि समान रूपमा प्रासंगिक रहेको बताउँदै उनले देखाएको मार्गमा हिँड़्ने आह्वान गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा