
हुगली, 24 नोभेम्बर (हि. स.)। हुगली जिल्लाको चुचुड़ास्थित महेशतला क्षेत्रमा सोमवार बिहान स्थानीय मानिसहरूले चोरीको शंकामा एकजना युवकलाई समातेर कुटे। त्यसपछि उसलाई बिजुलीको खम्बामा बाँधिदिए।
स्थानीय अनुसार,पछिल्लो केही दिनदेखिको क्षेत्रमा लगातार चोरीका घटनाहरू हुँदै आइरहेको थियो। सोमवार बिहान एकजना युवक बन्द अवस्थामा रहेको घरको ताला भत्काएर भित्र पसेको थियो। घरमा अहिलेघरि कोही पनि बस्दैनन्। आरोपीले अलमारी भत्काउन थाल्यो जसको आवाज सुनेर छिमेकीहरू ब्युँझिए अनि हतार-हतार घर तर्फ दौड़ेर आए। छिमेकीहरूलाई आइरहेको देखेर युवकले लुक्ने प्रयास गर्न थाल्यो। स्थानीय मानिसहरूको अनुमानमा उसित अन्य पनि कोही थियो जो घटनास्थलबाट भाग्न सफल भयो। समातिएको युवकको खल्तीबाट केही नगद रुपियाँ, एउटा चाबी र धारिलो हतियार भेटियो।
जानकारी अनुसार यस क्षेत्रमा पहिला पनि कैयौं पटक खाली घरहरूबाट चोरी भइसकेको छ। यसपालि घटनास्थलबाटै पक्रा परेपछि मानिसहरू आरोपीमाथि जाइलागे। आरोपीलाई कुटपिट गरेपछि बिजुलीको खम्बामा बाँधियो। त्यसपछि पुलिसलाई सूचित गरियो। चुचुड़ा थानाको पुलिसले घटनास्थलमा पुगेर युवकलाई भीड़देखि बचाउँदै हिरासतमा लियो। पुलिसले अब यो पत्तो लगाइरहेको छ कि आरोपी त्यहाँ किन र कोसित आएको थियो। घटनापछि महेशतलाका निवासीहरूले क्षेत्रमा पुलिस गस्ती बढ़ाउने माग गरेका छन ताकि चोरीका घटनाहरूमाथि रोक लाग्न सकोस्।
यता मालदहको इंग्लिश बजारस्थित आम बजार क्षेत्रमा पनि चोरीको आशंकामा भीड़द्वारा कुटिएको अर्को मामिलामा युवकको मृत्यु भयो। गए शनिवार राती भएको यस घटनामा मृतकको नाम शमजान शेख हो। मृतककी पत्नीले इंग्लिश बजार थानामा हत्याको मामिला दर्ता गराएको छ। पुलिसले अहिलेसम्ममा यस मामिलामा तीनजना मानिसहरूलाई पक्राउ गरिसकेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा