उपराष्ट्रपति राधाकृष्णनले तेलङ्गानाको सडक दुर्घटनामा भएको जनहानिमा शोक व्यक्त गरे
CP Radhakrishnan(File photo)


नयाँ दिल्ली, 3 नोभेम्बर (हि.स.)। उपराष्ट्रपति सी.पी. राधाकृष्णनले तेलङ्गानाको रंगा रेड्डी जिल्लामा भएको सडक दुर्घटनामा धेरै मानिसको मृत्युप्रति गहिरो शोक व्यक्त गरेका छन्। उनले यस दुःखद दुर्घटनामा भएको जनहानि अत्यन्त पीडादायी रहेको बताएका छन्।

उपराष्ट्रपतिले शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै यस कठिन घडीमा उनीहरूका साथ एकजुटता जनाएका छन्। उपराष्ट्रपतिले उनका विचार प्रभावित परिवारहरूसँग रहेको उल्लेख गरेका छन्।

सी.पी. राधाकृष्णनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै दिवङ्गत आत्माहरूको चीरशान्तिका लागि श्रद्धाञ्जलि अर्पण गरेका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande