
नयाँ दिल्ली, ०३ नोभेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले विज्ञान र प्रविधिको क्षेत्रमा नवाचार (इनोभेशन) लाई प्रोत्साहन गर्ने सरकारको प्रतिबद्धता दोहोर्याउँदै जुन क्षेत्रमा अझै विश्वमा निर्भरता राखेको छ, ती क्षेत्रहरूमा अनुसन्धान कार्यलाई तीव्र बनाउन आह्वान गरे। प्रधानमन्त्री मोदीले आज बिहान नयाँ दिल्लीस्थित भारत मण्डपममा आयोजित उदाउॅंदो विज्ञान एवं प्रौद्योगिकी नवाचार सम्मेलन 2025 को उद्घाटन गरे। यस अवसरमा प्रधानमन्त्रीले उपस्थित जनसमूहलाई सम्बोधन पनि गरे।
प्रधानमन्त्रीले देशमा अनुसन्धान तथा विकास इकोसिस्टमलाई बलियो बनाउन एक लाख करोड रुपियाँको अनुसन्धान, विकास तथा नवप्रवर्तन योजना कोष सुरु गरेका छन्। यो योजनाको उद्देश्य निजी क्षेत्रद्वारा सञ्चालित अनुसन्धान र विकास इकोसिस्टमलाई प्रोत्साहित गर्नु हो। उनले भने, सरकार अनुसन्धान कार्यका लागि पर्याप्त वित्तीय सहयोग र वैज्ञानिकहरूलाई अवसर उपलब्ध गराउन प्रतिबद्ध छ।
प्रधानमन्त्री मोदीले भने, “भारत अब केवल प्रविधिको उपभोक्ता होइन, प्रविधिमार्फत परिवर्तनको नेतृत्वकर्ता बनेको छ। भारतले अहिले विश्वस्तरमा मानवकेन्द्रित र नैतिक एआई प्रयोगको स्वरूप निर्माण गरिरहेको छ।” उनले थपे, “जब विज्ञानको स्तरमाथि उठ्छ, जब नवाचार सबैलाई समावेश गर्ने बनिन्छ, र जब प्रविधिले परिवर्तन ल्याउँछ, तब ठूला सफलता प्राप्त हुने आधार तयार हुन्छ। गत १०–११ वर्षमा भारतले यस दृष्टिकोणलाई कार्यरूपमा उतारेको छ।”
यस अवसरमा प्रधानमन्त्रीले सरकारद्वारा स्थापना गरिएका ‘अटल टिंकरिङ ल्याब’ को संख्या २५ हजारले बढाउने घोषणा पनि गरे। उनले भने, “जब प्रविधिको माध्यमबाट समावेशीकरण बढ्छ, तब लाभार्थीहरू नै आगामी नवाचारका अगुवा बन्छन्।” यस क्रममा प्रधानमन्त्रीले विज्ञान र प्रविधिको क्षेत्रमा महिलाहरूको बढ्दो योगदानको पनि उल्लेख गरे।
हिन्दुस्थान समाचार / भवानी थामी