तेलङ्गाना दुर्घटनाप्रति प्रधानमन्त्रीले व्यक्त गरे शोक, मृतकका परिवारलाई दुई–दुई लाखको राहत घोषणा
PM Modi in Lok Sabha


नयाँ दिल्ली, 3 नोभेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले तेलङ्गानाको रंगारेड्डी जिल्लामा भएको दुर्घटनामा मानिसहरूको मृत्यु भएको घटनाप्रति गहिरो शोक व्यक्त गरेका छन्। प्रधानमन्त्रीले घाइतेहरूको छिटो स्वास्थ्यलाभको कामना पनि गरेका छन्।

प्रधानमन्त्री कार्यलयबाट जारी विज्ञप्तिमा भनिएको छ, रंगारेड्डी जिल्लामा भएको यो दुर्घटना अत्यन्त दुखद छ। यो कठिन समयमा उनका समवेदना प्रभावित परिवारहरूसँग छन्।

प्रधानमन्त्रीले प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट मृतकका परिवारजनलाई दुई–दुई लाख रुपियाँ र घाइतेहरूलाई पचास–पचास हजार रुपियाँ अनुग्रह सहयोग दिने घोषणा गरेका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande