संघले भारतको सांस्कृतिक पुनर्जागरणका लागि दिव्य धारा प्रवाहित गरेको छ: पुष्कर सिंह धामी
Chief Minister Pushkar Singh Dhami


देहरादून, ०५ नोभेम्बर (हि.स.)। उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले उत्तराखण्डको रजत जयन्ती (२५औं वर्षगाँठ) को अवसरमा बोलाइएको विशेष सत्रको दोस्रो दिन मंगलबार राष्ट्रिय स्वयंसेवक सङ्घ (आरएसएस) को १०० वर्ष पूरा भएको अवसरमा संगठनको देश निर्माणमा योगदानको औपचारिक प्रशंसा गरे।

मुख्यमन्त्री धामीले भने, ‘‘संघको यो तपोमयी यात्राले आत्मगौरव, सामाजिक समरसता, सांस्कृतिक पुनर्जागरण र राष्ट्रका लागि दिव्य धारा प्रवाहित गरेको छ। यसले देशका कुनाकुनामा राष्ट्रिय चेतनाको अखण्ड ज्योति प्रज्वलित गरी एक दिव्य प्रवाह सुरुवात गरेको छ।’’

मुख्यमन्त्री धामीको यो वक्तव्य देवभूमि उत्तराखण्ड विधानसभाको इतिहासमा एक ऐतिहासिक क्षणका रूपमा अंकित भयो। राज्य स्थापनाको २५ वर्ष पूरा हुँदा मुख्यमन्त्रीले राष्ट्रिय स्वयंसेवक सङ्घको योगदानको औपचारिक अभिनन्दन गरे। यससँगै उत्तराखण्ड विधानसभा देशको पहिलो संवैधानिक संस्था बन्यो, जसले संघको राष्ट्र निर्माण, सामाजिक जागरण र सांस्कृतिक पुनर्जागरणमा दिएको योगदानलाई सदनमा आधिकारिक रूपमा मान्यता दियो।

धामीले भने, ‘‘राष्ट्रिय स्वयंसेवक संघले आफ्नो सय वर्षको तपोमयी यात्रामार्फत भारतमा सांस्कृतिक पुनरुत्थानका लागि संघर्ष गरेको छ। कहिल्यै दास मानसिकताबाट ग्रस्त भारत आज आफ्ना सांस्कृतिक मूल्य, वैज्ञानिक दृष्टिकोण र परम्परामा गर्व गर्ने राष्ट्र बनेको छ। यो आत्मगौरव संघको शताब्दी तपस्याको परिणाम हो।’’

मुख्यमन्त्रीले भने, 'देवभूमि उत्तराखण्डले आफ्ना २५ वर्षका विकास यात्रामा अनेक उतार–चढाव देखेको छ। राज्यले सधैं विकल्पविहीन संकल्पका साथ प्रगतिका बाटोमा कदम बढाएको छ। उनले विश्वास व्यक्त गरे कि आगामी वर्षहरूमा जनताको सहयोगले उत्तराखण्ड देशको उत्कृष्ट राज्य बन्ने लक्ष्य अवश्य पूरा हुनेछ।'

यो ऐतिहासिक अवसरमा सम्पूर्ण सदनमा एकता, आत्मगौरव र राष्ट्रभक्तिको भावना व्याप्त भयो। विधानसभा द्वारा पारित यो भावनात्मक अभिव्यक्ति केवल उत्तराखण्डका लागि मात्र होइन, पुरै देशका लागि संघको राष्ट्रसेवाको शताब्दी यात्रालाई सम्मान गर्ने क्षण बन्यो।

सत्रको समापनमा मुख्यमन्त्री धामीले संघ शाखामा गाइने एक प्रेरणादायी गीतका पङ्क्तिहरू उद्धृत गर्दै आफ्नो सम्बोधन समाप्त गरे, ''ये उथल-पुथल उछाल लहर/ पथ से न डिगाने पाएगी/ पतवार चलाते जाएंगे/ मंजिल आएगी, आएगी…।''

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande