संदिग्ध ब्राउन शुगरसहित एक व्यक्ति पक्राउ
arrest


गान्तोक, 06 नोभेम्बर (हि.स.)। सिङताम पुलिसले बुधवार एक व्यक्तिलाई प्रतिबन्धित नशालु पदार्थको साथमा पक्राउ गरेको छ। पक्रा पर्ने व्यक्तिको नाम अरमान अधिकारी बताइएको छ। 21 वर्षीय अरमान सिङताम निवासी हुन्।

पुलिस रिपोर्टमा उल्लेख गरिएअनुसार, विश्वासनीय स्रोतहरूबाट पुलिसलाई अरमान अधिकारी सिङताममा प्रतिबन्धित नशालु पदार्थको बिक्री-वितरणमा संलग्न रहेको सूचना प्राप्त भयो। सूचनाको आधारमा निक्लिएको पुलिसकर्मीहरूको एक दलले आरोपी व्यक्तिलाई सिङतामको वक-वेमा भेटाए।

दुई जना स्वतन्त्र साक्षी र राजपत्रित अधिकारीको उपस्थितिमा गरिएको आरोपीको शरीर जॉंचको क्रममा 90 ग्राम संदिग्ध ब्राउन शुगर फेला पऱ्यो। आरोपी विरुद्ध एनडीपीएस अधिनियम अन्तर्गत मामिला दर्ता गरिएको छ भने पुलिसले जॉंच जारी राखेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande