
पटना, 08 नोभेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले शनिवार सीतामढ़ीमा आयोजित जनसभालाई सम्बोधित गर्दै महागठबन्धन र विशेषगरी राष्ट्रिय जनता दल (राजद) माथि कटाक्ष करे। उनले राजदमाथि अपराध र कांग्रेसमाथि भ्रष्टाचारलाई प्रोत्साहन दिएको आरोप लगाए। प्रधानमन्त्रीले राष्ट्रिय जनतान्त्रिक गठबन्धन (ऱाजग) उम्मेदवारहरूको निम्ति समर्थन पनि मागे।
प्रधानमन्त्री नरेन्द्र मोदीले बिहारको सीतामढ़ीमा शनिवार चुनावी सभालाई सम्बोधित गर्दै भने, विकसित भारतको निम्ति बिहार विकसित हुनु जरूरी छ। राजद-कांग्रेसले कहिलेपनि बिहारलाई विकसित बनाउन सक्दैनन्। यो चुनाउले बिहारको भविष्य तय गर्नेछ। यसैले यो चुनाउ धेरै अहम छ।
प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा भने, तपाईले जंगलराजवालाहरूको प्रचारको गाना सुनेका छऩ् ? साना नानीहरूले मंचबाट भनिरहेका छन्, हामीलाई रंगदार बन्नुछ। के बिहारका नानीहरू रंगदार बन्नुपर्छ या डाक्टर-इन्जीनियर बन्नुपर्छ ? बिहारमा स्टार्टअपको सपना देख्नेहरू चाहियो, ह्याण्डसअप गर्नेहरू चाहिएन। राजदहरूको प्रचार गाना सुनेर तपाई काम्नेछन्। हामीले नानीहरूको हातमा ल्यापटप दिइऱहेका छौं। राजदले पेस्तोल दिइऱहेको छ। जहाँ राजद र कांग्रेसको कुशासन होस्, त्यहाँ विकासको निशानसम्म हुँदैन। जहाँ भ्रष्टाचार छ, त्यहाँ सामाजिक न्याय पाइँदैन, यस्ता मानिसहरूले कहिलेपनि बिहारको भलो गर्नसक्दैनन्।
प्रधानमन्त्रीले भने, माँ सीताको भूमिमा आएको छु, यो मेरो निम्ति सौभाग्यको कुरा हो। मलाई छह वर्ष अगाड़ीको घटना याद आएको छ। 08 नोभेम्बर 2019 मा म यहाँ आएको थिए। भोली पल्ट कतारपुर कोरिडोरको निम्ति पञ्जाबको निम्ति निस्किनुथियो। त्यही दिन राम मन्दिरमाथि फसेला पनि आउनुथियो। मैले मनमा सीता मातासित प्रार्थना गरिरहेको थिए कि फसेला राम मन्दिरको पक्षमा आओस्। सीता मइयाको धरतीसित मागिएको प्रार्थना कहिले खाली जाँदैन। यस्तै भयो, सर्वोच्च न्यायालयले राम ललाको पक्षमै फसेला दियो।
प्रधानमन्त्री मोदीले भने, आजकल 'मुख्यमन्त्री महिला रोजगार योजना' को धेरै चर्चा छ। उनीहरूको खातामा हामीले 10-10 हजार रूपियाँ हाल्यौं। कल्पना गर्नुहोस्, यदि महिलाहरूको खाता नै नखोलिएको भए के उनीहरूले यो पैसा पाउनेथिए ? मोदीले खाता खोलाए, नीतीशले पैसा हाले। यदि जंगलराज भएको भए तपाईको अधिकारको पैसा पनि लुटिन्थ्यो। कांग्रेसका प्रधानमन्त्री नामदारका पिताले भन्नेगर्थे कि दिल्लीबाट एक रूपियाँ पठाइँछ, गाउँमा पुग्दा-पुग्दा 15 पैसा हुन्छ। आज यदि पटनाबाट 1 रूपियाँ निस्किन्छ भने पूरा 100 पैसा तपाईको खातामा पुग्छ।
हिन्दुस्थान समाचार / भवानी थामी