राजधानीमा अन्तरराष्ट्रिय बास्केटबल टुर्नामेन्ट आयोजित
राजधानीमा अन्तरराष्ट्रिय बास्केटबल टुर्नामेन्ट आयोजित


गान्तोक, 9 नोभेम्बर (हि.स.)। राजधानीको पाल्जोर स्टेडियमस्थित इन्डोर बास्केटबल कोर्टमा आज अन्तरराष्ट्रिय बास्केटबल टुर्नामेन्ट आयोजना गरियो। बास्केटबल एसोसिएशन अफ् सिक्किमले आयोजना गरेको यस टुर्नामेन्टको उद्देश्य युवाहरूलाई सहभागिताको लागि प्रोत्साहित गर्नु र राज्यमा खेलकुद संस्कृतिलाई प्रवर्द्धन गर्नु रहेको बताइएको छ।

टुर्नामेन्टमा विधायक आदित्य गोले मुख्य अतिथिका रूपमा उपस्थित थिए। उनले शीर्ष स्कोररहरूका लागि दश रू. हजार नगद घोषणा गर्दै युवा खेलाड़ीहरूलाई प्रोत्साहन प्रदान गरेका थिए।

सि​म्फेडका चेयरमेन एवं बास्केटबल एसोसिएशन अफ् सिक्किमका प्रमुख संरक्षक तेन्जिङ दोर्जी भोटियाले विधायक गोलेलाई आफ्नो उपस्थिति तथा युवा विकास र खेलकुद प्रवर्द्धनका लागि समर्थन प्रदान गरिरहेकोमा धन्यवाद दिए। उनले राज्यमा बास्केटबललाई सुदृढ़ बनाउन विधायकले गरिरहेका प्रयासहरूको पनि सराहना गरे।

यस टुर्नामेन्टमा सहभागी युवाहरूमा ठूलो उत्साह देखिएको बताइएको छ, जसले खेलकुदको निरन्तर वृद्धिलाई प्रकाश पारेको थियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande