बौद्ध धर्म गुरु पेम्बा रिम्पोर्छेद्वारा अग्नि पीडित परिवारलाई सहयोग
बौद्ध धर्म गुरु पेम्बा रिम्पोर्छेद्वारा अग्नि पीडित परिवारलाई सहयोग


खरसाङ, 9 नोभेम्बर (हि.स.)। बौद्ध धर्म गुरु पेम्बा रिम्पोर्छेले खरसाङको सिंगेल चियाबारीको सिमानाधुराका अग्नि पीडित सुदिप तामाङको परिवारलाई सहयोग गरेका छन्। खरसाङ महकुमा अन्तर्गत सिंगेल चियाबारीको सिमानाधुरामा सुदिप तामाङको आगो लागेर घर खरानी भएको थियो।

अग्नि पीडित परिवारलाई बौद्ध धर्म गुरु पेम्बा रिम्पोर्छेले लुगाफाटाहरु, ब्लाङ्केट, खाद्य सामग्रीहरु प्रदान गरेका छन्। उनले पिढीत परिवारसित भेटघाट गरेर सहानुभूति पनि व्यक्त गरे। उनले पहाडमा आगलागीको घटनामा घर जलेका अग्नि पीडित परिवारहरूका लागि पञ्चायतबाट घर बनाइदिनु पर्ने बताए। उनले पञ्चायतबाट घर बनाइदिन अनुरोध पनि गरे।

पीडित सुदिप तामाङ सिंगेल चियाबारीका एक श्रमिक हुन्।‌ उनको घरमा जम्मा तीनजना सदस्यहरु छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande