
नयाँ दिल्ली, 9 नोभेम्बर (हि.स.)। उत्तर-पश्चिम जिल्लाको अशोक विहार थाना पुलिसले एउटा घरमा भएको चोरीको घटनाको खुलासा गर्दै ेकजना महिला चोर र एकजना ज्वेलरलाई पक्राउ गरेको छ। पुलिसले उनीहरूको कब्जाबाट चोरेको सुनको गहनामध्ये एउटा लकेट र एक जोड़ी चुरा जफत गरेको छ। पक्रा पर्ने महिला आरोपीले घरमा घरेलु काम गर्थी भने ज्वेलरसित मिलेर चोरेको गहनालाई बेचेर सहजै पैसा कमाउने दाउमा थिई।
उत्तर-पश्चिम जिल्ला पुलिस उपायुक्त भीष्म सिंहले आइतवार बताए, अशोक विहार फेज-1 मा बस्ने सिकायतकर्ता निपुन नरूलाले बताए कि गत 10 अक्टोबरमा उनकी आमाको सुनको चुरा हराएको थाहा लाग्यो। पहिला त भुलेर कतै राखेको हो भन्ने लाग्यो, तर 25 अक्टोबरको राति दीपावलीको अवसरमा सम्पूर्ण घरको जाँच गर्दा थाहा लाग्यो कि दशवटा सुनको सिक्का, एउटा मंगलसूत्र, एउटा सुनको चेनसितै लकेट र एउटा नेकलेस हराइसकेको छ।
निपुनले बताए, उनको घरमा चारजना घरेलु सहायिकाहरूले काम गर्दछन्। यीमध्ये एकजना रानी नूर बानो जो जहाँगीरपुरी क्षेत्रकी निवासी हो-ले 31 अक्टोबरदेखि अचानक काममा आउन छोड़ी फोन पनि बन्द थियो। शंका लागेर उनले पुलिसलाई सूचना दिए।
पुलिस उपायुक्तले बताए, सिकायतको आधारमा थाना अशोक विहारमा मामिला दर्ता गरियो अनि इन्स्पेक्टर प्रमोद कुमारको अगुवाईमा टीम गठन गरियो। पुलिस टीमले वरपरको सीसीटीभी क्यामराको फुटेज जाँच गर्नको साथै सुराकीहरूलाई सक्रिय बनायो।
यसैबीच पुलिसलाई सूचना प्राप्त भयो, आरोपी महिला नूर बानो गाजियाबादको फरूखनगरस्थित असलतपुरमा लुकेर बसेकी छे। छापा मारेर उसलाई पक्राउ गरियो। जाँचबुझमा उसले चोरीको कुरा स्वीकार्दै बताई, चोरेका सबै गनाहरूलाई जहाँगीरपुरी निवासी ज्वेलर हसन अलीलाई बेचिसकेकी छे। पुलिसले महिलाले बताए अनुरूप ज्वेलर हसन अलीलाई पनि पक्राउ गऱ्यो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा