
शिमला, 09 नोभेम्बर (हि.स.)। हिमाचल प्रदेशको युवा र चर्चित एचएएस अधिकारी ओशिन शर्मा एवं शिमला (अर्बन) एसडीएमले आफ्नो फर्जी फेसपुक प्रोफाइल बनाइएको र त्यसमा एआईले तयार पारिएको आपत्तिजनक फोटो पोस्ट गरिनुलाई लिएर पुलिसमा मामिला दर्ता गराएकी छन्। शिमला पुलिसले यस सम्बन्धमा न्यू शिमला महिला पुलिस थानामा एफआईआर दर्ता गरेको छ। यो मामिला भारतीय न्याय संहिता (बीएनएस) को धारा 78, 79 र आईटी एक्टको धारा 67 (ए) अन्तर्गत दर्ता गरिएको छ।
मामिला अनुसार, अज्ञात आरोपीहरूले ओशिन शर्माको नाम र फोटोहरूको प्रयोग गरी धेरै फर्जी फेसबुक अकाउन्ट बनाएका छऩ्। यसमध्ये एक अकाउन्टबाट गए राति एक भ्रामक पोस्ट गरियो, जसमा ओशिन शर्माको एआई-जनित फोटो अपलोड गरिएको थियो। पोस्ट आएपछि महिला अधिकारीले तुरन्तै यसको शिकायत दर्ता गराइन्। अहिले महिला थाना प्रभारी (एसएचओ) ले यस मामिलाको जाँच गरिरहेकी छऩ् र साइबर टीमलाई पनि जाँचमा सामेल गरिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी