माँ दुर्गा चित्रकला केन्द्रद्वारा खरसाङमा चित्रकलामा वार्षिक परीक्षा
माँ दुर्गा चित्रकला केन्द्रद्वारा खरसाङमा चित्रकलामा वार्षिक परीक्षा


खरसाङ, 9 नोभेम्बर (हि.स.)। खरसाङको माँ दुर्गा चित्रकला केन्द्रद्वारा प्रत्येक वर्ष नै खरसाङमा चित्रकला वार्षिक परीक्षा आयोजना गरिन्छ। यस वर्ष पनि खरसाङ शहरको गोर्खा जनपुस्तकालय भवनमा परीक्षा सम्पन्न गरियो। यस परीक्षामा यस केन्द्रका विद्यार्थीहरूले परीक्षा दिए।

यस परीक्षामा राकेश ढार, सिलगढीबाट विशेष मुख्य अतिथिको रुपमा उपस्थित रहेका थिए‌। उनीसँगै कला शिक्षक सहायक मनिष सुनार (हिमाली बोर्डिङ स्कूलका शिक्षक) पनि उपस्थित रहेका थिए।

यस कला केन्द्रका कला शिक्षक प्रणय प्रधानले परीक्षा सफलतापूर्वक सम्पन्न भएकोमा सबैप्रति आभार प्रकट गरेका छन्। उनले परीक्षामा बसेका सम्पूर्ण विद्यार्थीहरुलाई बधाई दिए। उनले नानीहरूलाई कला क्षेत्रले पनि भविष्यमा उचित मार्गदर्शन अनि प्रोत्साहन प्रदान गर्नेछ भनी विश्वास व्यक्त गरेका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande