
बलिया, 09 नोभेम्बर (हि.स.)। उत्तर प्रधेशको बलिया जिल्लामा मनियर थाना क्षेत्रमा बदमाशहरूले शनिवार अबेर राति एक युवकको बञ्चरोले प्रहार गरेर निर्मम हत्या गरे। सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले शवलाई आफ्नो कब्जामा लिएर अग्रिम कारबाही शुरू गरेको छ।
क्षेत्राधिकारी बांसडीह जयशंकरले आइतवार बताए, मनियर थाना क्षेत्रको महलीपुर गाउँ निवासी चन्दन राजभर (23) पुत्र गणेश राजभरको गए राति लगभग 9 बजी बञ्चरोले काँटेर हत्या गरियो। जाँचमा थाहा लागेको छ, तीन आक्रमणकारी घरदेखि केही दूरीमा घात लगाएर बसेका थिए र जस्तै चन्दनलाई देखे उमाथि हमला गरे। उसको चित्कार सुनेर वरपरका मानिसहरू पुग्दा त्यहाँ बदमाशहरू भागे। गम्भीर रूपमा घाइते चन्दनलाई तत्काल निजी वाहनमा जिल्ला चिकित्सालय ल्याइयो, जहाँ उपचार भइऱहेको बेला उसको मृत्यु भयो।
क्षेत्राधिकारी जयशंकरले बताए, घटनाको सूचना पाउनसाथ घटनास्थलमा पुगेको पुलिसले शवलाई आफ्नो कब्जामा लियो। हत्या तीनै आरोपी छिमेकी बताइएका छन्। यद्यपि, हत्याको कारण अहिले स्पष्ट भएको छैन। घटनामा तीन नामजद आऱोपीहरू विरूद्ध मुद्दा दर्ता गरी कारबाही गरिँदैछ। गाउँमा तनावलाई मध्यनजर गरेर पुलिस बललाई तैनाथ गरिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी