राज्य र केन्द्रिय एमएसएमई योमनाहरूमाथि सचेतना कार्यक्रम सम्पन्न
राज्य र केन्द्रिय एमएसएमई योमनाहरूमाथि सचेतना कार्यक्रम सम्पन्न


गान्तोक, 9 नोभेम्बर (हि.स.)। राज्य वाणिज्य एवं उद्योग विभाग अधीनस्थ जिल्ला उद्योग केन्द्र, गान्तोकले आज सीड सेलको संयुक्त तत्वावधानमा राज्य र केन्द्रिय सरकारी एमएसएमई योजनाहरूमाथि एक दिवसीय सचेतना कार्यक्रम आयोजन गरियो। काबि ब्लक अन्तर्गत 4 माइल जेएन रोडस्थित सम्मेलन हलमा आयोजन उक्त कार्यक्रममा क्षेत्र विधायक टीटी भोटिया मुख्य अतिथि थिए।

यस कार्यक्रमको उद्देश्य बेरोजगार युवाहरू, आकांक्षी उद्यमीहरू र अवस्थित व्यवसाय मालिकहरूलाई सरकारी स्रोतहरू, कोषका अवसरहरू, अनलाइन मार्केटिङ प्लेटफर्महरू, र उनीहरूको उद्यमशीलता लक्ष्यहरू प्राप्त गर्न मद्दत गर्न विशेषज्ञ मार्गदर्शनमा पहुँच प्रदान गरेर एक सहयोगी पारिस्थितिक प्रणाली सिर्जना गर्नु थियो।

मुख्य अ​तिथि विधायक भोटियाले आफ्नो सम्बोधनमा विभिन्न सरकारी पहलहरूमाथि जानकारी गराउॅंदै स्थानीय व्यवसाय र आत्मनिर्भरतालाई प्रवर्द्धन गर्न कञ्जनजङ्गा भ्यू पोइन्टमा 117 वटा स्टल निर्माण गरिएको बताए। उनले व्यावसायिक गतिविधिहरूमा सक्रिय रूपमा संलग्न यस क्षेत्रका युवा र महिला उद्यमीहरूलाई योजनासँग सम्बन्धित जानकारी प्रसारणमा स्पष्टता र पारदर्शिताको आवश्यकतामा जोड दिए।

उनले मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा शुरु गरिएका विभिन्न उद्यमशीलता र कल्याणकारी योजनाहरूको प्रशंसा गरे। उनले नागाल्याण्डमा हर्नबिल महोत्सव र सिलगढीमा सिक्किम उत्सव २०२५ जस्ता मञ्चहरूले स्थानीय उद्यमीहरूलाई आफ्ना उत्पादनहरू प्रदर्शन र बजारीकरण गर्ने अवसर प्रदान गरिरहेको पनि बताए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande