
आसनसोल, 10 दिसम्बर (हि.स.)। पश्चिम बर्दवान डिस्ट्रिक्ट अनआर्गनाइज्ड वर्कर्स कंग्रेसका पदाधिकारीहरूले बुधवार नयाँ लेबर कोडको विरोधमा ऱ्याली निकाले तथा क्षेत्रीय श्रमायुक्त (आरएलसी/केन्द्रिय)-लाई आफ्नो मागसित सम्बन्धित ज्ञापन पत्र सुम्पिए।
संगठनका अध्यक्ष शाह आलम खानले भने, केन्द्र सरकारले नयाँ लेबर कानूनलाई लागू गरेर श्रमिकहरूलाई उनीहरूको अधिकारदेखि वञ्चित गर्न खोजिरहेको छ। श्रमिकहरूको 8 घण्टाको ड्यूटीको अधिकारलाई समाप्त गरी 12 घण्टा बनाइँदैछ। नयाँ कानून अनुसार कुनै पनि संस्थानले एकसाथ 3 सय श्रमिकहरूलाई निकाल्नसक्छ।
उनले भने, श्रमिकहरूको अधिकार खोस्ने उक्त कानूनविरूद्ध प्रदर्शन गरिनको साथै नोटिफिकेशनको कपीलाई जलाएर विरोध गरियो। इन्टकका श्रमिक नेता चण्डी ब्यनर्जीले भने, केन्द्र सरकारले लेबर कोडमा संशोधन गरी श्रमिकहरूलाई उनीहरूको अधिकारदेखि वञ्चित गरेको छ। लेबर लसित सम्बन्धित 42 वटा कोड अफ कण्डक्टमध्ये 4 वटालाई ह टाइएको छ जुन श्रमिकहरूको हितमा छैन। यसको विरोधमा क्षेत्रीय श्रमायुक्त (केन्द्रिय)-लाई ज्ञापन सुम्पिइयो। यता आरएलसी वोनमी होरमले उनीहरूको कुरालाई गम्भीर रूपमा सुनेर उनीहरूको पत्रलाई अग्रसारित गर्ने आश्वासन दिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा