
गुवाहाटी, 10 दिसम्बर (हि.स.)। पूर्व बोड़ो लिबरेशन टाइगर्स (बीएलटी) क्याडरहरूको लागि वित्तीय अनुदान वितरण समारोह आगामी 11 दिसम्बरमा आयोजना हुन गइरहेको छ। यो समारोह गुवाहाटीको पञ्जाबाड़ीस्थित श्रीमन्त शंकरदेव कलाक्षेत्रको इन्टरनेशनल अडिटोरियममा आयोजना हुनेछ।
कार्यक्रममा असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमा मुख्य अतिथिका रूपमा सामेल हुनेछन्। साथै राज्यका अन्य वरिष्ठ अधिकारीगण तथा गणमान्य अतिथिहरूले पनि समारोहको शोभा बढ़ाउनेछन्।
समारोहको उद्देश्य पूर्व बीएलटी क्याडरहरूलाई सरकारद्वारा प्रदत्त वित्तीय सहायतालाई औपचारिक रूपमा वितरण गर्नु हो ताकि उनीहरूलाई मुख्यधारामा सशक्त रूपमा अगाड़ी बढ़्नमा सहयोग प्राप्त हुन सकोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा