
उत्तर 24 परगना, 10 दिसम्बर (हि. स.)। मतदाता सूची प्रकाशन हुन केही दिनपूर्व एक जना बूथ लेभल अफिसर (बीएलओ)- को घरमा हमला भएको घटनाले चुनावी माहोलमा कोकोहोलो मचाइदिएको छ। खड़दहको सूर्यसेन क्षेत्रमा बस्ने मानव चन्दको घरमा गए मंगलवार राति अज्ञात उपद्रवीहरूले हमला गरे।
मानव चन्द खड़दह विधानसभा क्षेत्रको बूथ नम्बर- 43 को बीएलओको जिम्मेवारी निर्वाह गरिरहेका छन्। सिकायत अनुसार राति अचानक उपद्रवीहरूको एक गिरोहले उनको घरमा हमला गऱ्यो। हमलाकारीहरूले ईँटा र ढुङ्गाले प्रहार गरे साथै ढोकामा लगातार लात-घुस्साले प्रहार गरे। यस घटनाको कारण मानव चन्द र उनको परिवारका सदस्यहरू पूर्ण रूपले भयभित भएका छन्।
यसरी घटना भएको खबर फैलिनसाथ सूर्यसेन क्षेत्रमा कोकोहोलो मचियो। स्थानीय मानिसहरूले घटनास्थलमा पुगेर विरोध गर्न शुरू गरे। घटनाको सूचना स्थानीय निर्दलीय पार्षद अर्पिता दासगुप्तालाई दिइयो जसले घटनास्थला पुगेर स्थितिको जायजा लिइन्।
घटनापछि मानव चन्दले राति नै स्थानीय खड़दह थानामा लिखित सिकायत दर्ता गराए। सिकायतको आधारमा पुलिसले मामिलाको जाँच शुरू गरेको छ।
पार्षद अर्पिता दासगुप्ताले दाबी गरिन्, उनको वार्डमा एसआईआर (विशेष संशोधन)-सित सम्बन्धित काम गरिरहेका सबै बीएलओहरू आफ्नो ज्यानको जोखिमसित जुझिरहेका छन्। उनले भनिन्, एक जना बीएलओले फोनमा यो कुरा सुनाएका हुन्।
घटनापछि बीएलओ मानव चन्दले चुनाउ आयोगमा सिकायत दर्ता गराउने घोषणा गरेका छन्। साथै पर्याप्त सुरक्षाको पनि माग गरेका छन्। यो घटनाले बीएलओको सुरक्षा व्यवस्थामाथि प्रश्न उठिरहेको छ, विशेष गरेर मतदाता सूचीको मसौदा प्रकाशित हुन मात्र केही दिन बचेको अवस्थामा।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा