बीएसएले विफल पाऱ्यो तस्करीको प्रयास, भारतीय दलाल पक्राउ
बीएसएले विफल पाऱ्यो तस्करीको प्रयास, भारतीय दलाल पक्राउ


उत्तर दिनाजपुर, 10 दिसम्बर (हि.स.)। सीमा सुरक्षा बल (बीएसएफ) उत्तर बंगाल फ्रन्टियर अन्तर्गत रायगंज सेक्टरका जवानहरूले अलग-अलग कारबाहीमा प्रचुर मात्रामा प्रतिबन्धित दवाई-रक्सी जफत गरेका छन्। जबकि एक मामिलामा भारतीय दलाल पक्रा परेको छ। बीएसएफले बुधवार प्रेस विज्ञप्ती जारी गरी यसको जानकारी दियो।

प्राप्त जानकारी अनुसार, बीएसएफले पहिलो कारबाही गर्दै जिल्लाको बर्डर क्षेत्रहरू मण्डलपारा र प्रिजपुरबाट कोडीन-बेस्ट कफ सिरपका 525 बोतल र टैपेंटाडोलका दुई हजार गोली जफत गरेको छ। दोस्रो कारबाहीमा जवानहरूले बर्डर गाउँ मित्रभाटीबाट एक भारतीय दलाललाई ऱक्सीको ठूलो खपको साथ पक्राउ गरेका छन्।

पक्रा परेको आरोपीको नाम दिनेश बर्मन (50) बताइएको छ। खानतलाशीमा उदेखि 29 बोतल रक्सी भेटियो, जसलाई उसले बांग्लादेशमा तस्करी गर्ने प्रयास गरिरहेको थियो। पक्रा परेका आरोपीहरूलाई अग्रिम कारबाहीको निम्ति कालियागंज थानालाई सुम्पिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande