बनगाउँ नगरपालिका अध्यक्ष गोपाल सेठले दिए राजीनामा, आस्था मत अगावै पद त्याग गरे
बनगाउँ नगरपालिका अध्यक्ष गोपाल सेठले दिए राजीनामा, आस्था मत अगावै पद त्याग गरे


बनगाउँ (उत्तर 24 परगना), 10 दिसम्बर (हि.स.)। आस्था मत-गणना शुरू हुन केही घण्टा अगावै बनगाउँ नगरपालिकाका अध्यक्ष गोपाल सेठले पद त्याग गरे। बुधवार अपरान्ह 12 बजी आस्था मत निर्धारण गरिएको थियो, तर त्यसअघि नै उनले नगरपालिकाका कार्यकारी अधिकारीलाई ई-मेलको माध्यमबाट आफ्नो त्यागपत्र पठाए। आफ्नो राजीनामामा सेठले तृणमूलका राज्य अध्यक्ष सुव्रत बक्सीको निर्देशलाई पनि उल्लेख गरेका छन्।

उल्लेखनीय छ, पार्टीले उनलाई पद छोड़्ने निर्देश दिएका थिए जसको लागि 15 नोभेम्बरसम्मको समय-सीमा तय गरिएको थियो। निर्धारित समयमा त्यागपत्र नदिएको कारण तीन जना पार्षदहरूले उनी विरूद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए।

सेठको भनाइ थियो, नगरपालिकाकी पूर्व उपाध्यक्ष ज्योत्स्ना अड्डाले उनी विरूद्ध उच्च अदालतमा मामिला दर्ता गरेकी छन् र मामिला विचाराधिन रहेको कारण उनले राजीनामा दिन सकिरहेका थिएनन्। साथै उनले राज्य अध्यक्षलाई पत्र लेखेर यो पनि सोधेका थिए, उनलाई पदबाट हटाउनुको कारण के हो?

यता नगरपालिकाका सेवाहरूलाई लिएर स्थानीय मानिसहरूमा असन्तुष्टि बढ़िरहेको थियो। भाजपाले नगरपालिकामा प्रशासनिक रोकावटको आरोप लगाएको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande