
नयाँ दिल्ली, 10 दिसम्बर (हि.स.)। केन्द्रिय स्वास्थ्य मन्त्रालयले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)- को सहयोगमा बुधवार दिल्लीको सुल्तानपुर मेट्रो स्टेशनमा महिला तथा युवतीहरूको स्वास्थ्य एवं कल्याणमाथि केन्द्रित एक महिनाव्यापी विशेष अभियानशुरू गऱ्यो। यो अभियानलाई दिसम्बरदेखि जनवरीसम्म विभिन्न मेट्रो ट्रेन तथा चयनित स्टेशनहरूमा व्यापक जागरूकता गतिविधिहरूको रूपमा संचालन गरिनेछ।
यस अभियान अन्तर्गत महिला सुरक्षा, मानसिक स्वास्थ्य, डिजिटल समावेशन, पीसी एवं पीएनडीटी कानून, औ टीबी उन्मूलन जस्ता महत्वपूर्ण विषयहरूमाथि सन्देश सम्प्रेषण गरिनेछ ताकि दिनहुँ मेट्रो उपयोग गर्ने लाखौं महिला अनि युवतीहरू यी महत्वपूर्ण मुद्दाहरूबारे अवगत हुन सकुन्।
कार्यक्रमलाई शुभारम्भ गर्दै केन्द्रिय स्वास्थ्य सचिव पुण्य सलिला श्रीवास्तवले भने, दिल्ली मेट्रो जस्तो व्यापक सार्वजनिक परिवहन नेटवर्कको उपयोगले यी सन्देशहरूलाई द्रूत गतिमा तथा प्रभावकारी ढंगमा मानिसहरूसम्म पुऱ्याउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ। यस पहलबाट जागरूकता मात्र नबढ़ेर शहरभरिका महिला तथा युवतीहरूलाई सशक्त बनाउनमा पनि मद्दत मिल्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा