
बेलगाम, 10 दिसम्बर (हि.स.)। कर्नाटकमा राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का कार्यक्रम र पथ संचलनहरूलाई दिइएको अनुमतिमा कांग्रेस नेताहरू विशेषगरी मन्त्री प्रियांक खडगेले आपत्ति जनाएपछि राज्य सरकारले विधानसभामा विस्तृत स्पष्टीकरण पेश गरेको छ। सरकारले स्पष्ट पारेको छ कि यस वर्ष राज्यमा आयोजित 518 जुलुसहरूमध्ये कुनै पनि कार्यक्रममा कानून- व्यवस्थाको स्थितिमा कुनै प्रतिकूल प्रभाव परेको छैन।
भारतीय जनता पार्टी (भाजपा) का विधायक वी. सुनील कुमारले विधानसभाको शीतकालीन सत्रमा सोधेको प्रश्नको लिखित जवाफमा राज्यका गृहमन्त्री डा. जी परमेश्वरले भने, यी पथ संचलनहरूमा दुई लाखभन्दा बढ़ी स्वयंसेवकहरू सहभागी भए तर यी कार्यक्रमहरूमा न त तनाव बढ्यो न त कुनै साम्प्रदायिक वा सार्वजनिक अव्यवस्था भयो।
चित्तपुरमा आरएसएसको पथ संचलनलाई अनुमति दिन अस्वीकार गर्दै कलबुर्गी जिल्ला प्रशासनले कानून र व्यवस्थाको चिन्ता उल्लेख गरेको थियो। यद्यपि, सरकारले अब स्पष्ट पारेको छ कि कुनै पनि जिल्लामा आरएसएस कार्यक्रमहरूको कारण कानून-व्यवस्थाको समस्या उत्पन्न भएको छैन।
मन्त्री प्रियांक खरडेको गृह जिल्ला कालाबुरागीमा यस वर्ष 51 वटा पथ संचलन निकालियो, जसमा 6-7 हजार स्वयंसेवकहरू सहभागी भए। राज्य सरकार अनुसार, जिल्लागत पथ संचलनहरूको संख्या बेंगलुरु शहरमा 97, उत्तर कन्नडमा 45, बिदरमा 41, बागलकोटमा 33, शिवमोग्गामा 19, विजयपुरामा 18, बेलगाममा 17, तुमकुर, चित्रदुर्ग र चिक्कमगालुरुमा 11-11 र दक्षिण कन्नड, उडुपी र रायचुरमा 10-10 रह्यो तर कतैपनि तनावको रिपोर्ट गरिएन।
सरकारले सदनमा दोहोर्यामयो कि यति व्यापक स्तरमा कार्यक्रमहरू आयोजित भएपनि राज्यमा कतैपनि अशान्ति वा साम्प्रदायिक तनावको सूचना आएन।
हिन्दुस्थान समाचार / भवानी थामी