
आसनसोल, 10 दिसम्बर (हि.स.)। बुधवार कुल्टी ब्लक कंग्रेसका अध्यक्ष सुकान्त दासको नेतृत्वमा आसनसोलस्थित पीडब्ल्यूडी अफिस सामु विरोध प्रदर्शन गरियो जसमा ठूलो संख्यामा कंग्रेस कार्यकर्ताहरू सामेल भएका थिए। यस सम्बन्धमा सुकान्त दासले भने, नियामतपुरदेखि डिसरगढ़सम्मको सड़क विगत लामो समयदेखिकै जीर्ण अवस्थामा रहेको छ, तर प्रशासनले यसमाथि कुनै ध्यान दिरहेको छैन।
उनले भने, कुल्टीमा कंग्रेसले कैयौं पटक प्रशासनसित अलग-अलग लेभलमा अपील गर्नको साथै आवेदन, ज्ञापन दिसकेको छ तथापि कुनै सुनवाइ हुन सकेको छैन। त्यसैले पीडब्ल्यूडी अफिस सामु विरोध प्रदर्शन गरिएको हो। उनले भने, प्रशासनसित सड़क मरम्मतको बारेमा कुरा गर्दा प्रशासनले भन्छ, त्यहाँ पानीको पाइप लाइन बिछ्याइँदैछ, यो काम पूरा भएपछि मात्र सड़कको मरम्मत गरिनेछ।
सुकान्त दासले भने, त्यो सड़क अत्यन्त महत्वपूर्ण सड़क हो जहाँबाट विद्यार्थीहरू सहित अन्य मानिसहरू ओहोर-दोहोर गर्ने गर्दछन्। त्यसैले हामी पाइप लाइन बिछ्याउनको लागि हात बाँधेर बस्यौं भने कुनै पनि समय दुर्घटना हुनसक्छ।
यस मामिलामा पीडब्ल्यूडी डिपार्टमेन्टका एग्जीक्यूटिभ इञ्जीनियरसित कुरा गर्दै उनले भने, उक्त सड़कलाई बनाउनको लागि टेण्डर जारी गरिएको छ। आसनसोल दुर्गापुर डेभलपमेन्ट अथोरिटीले काम पूरा गर्नसाथ सड़कको काम पनि शुरू गरिनेछ। यो चाँड़ै नै हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा