
नयाँ दिल्ली, 10 दिसम्बर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताको उपस्थितिमा बुधवार दिल्ली सरकार र इण्डियन ओयल कर्पोरेशन लिमिटेड (आईओसीएल)-बीच एक सम्झौता ज्ञापन (एमओयू)-मा हस्ताक्षर भयो। यो सम्झौता कार्यक्रम दिल्ली सचिवालयमा सम्पन्न भयो।
मुख्यमन्त्रीले सोशल मीडिया एक्समा पोस्ट गरी बताइन्, यो सम्झौता फ्लाईओभरको सौन्दर्यीकरण, चिकित्सा उपकरणहरूको प्रावधान, वाटर एटीएमको उपलब्धता, ऊर्जा केन्द्रहरूको स्थापना औ बसहरूको ब्राण्डिंगको माध्यमबाट दिल्लीलाई एक सुन्दर, स्वस्थ औ सुव्यवस्थित राजधानीमा परिवर्तन गर्ने दिशामा उठाइएको एक अत्यन्त महत्वपूर्ण कदम हो। यस अवसरमा क्याबिनेट मन्त्री प्रवेश साहिब सिंह डा. पंकज कुमार सिंह सहित सम्बन्धित विभागीय अधिकारीहरू उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा