जम्मू-कश्मीर पुलिसले श्रीनगरमा ड्रग तस्करको 2 कड़ोरको सम्पत्ति कुर्की गऱ्यो
जम्मू-कश्मीर पुलिसले श्रीनगरमा ड्रग तस्करको 2 कड़ोरको सम्पत्ति कुर्की गऱ्यो


श्रीनगर, 10 दिसम्बर (हि.स.)। श्रीनगर पुलिसले नारकोटिक ड्रग्स एण्ड साइकोट्रोपिक सब्सटेन्स (एनडीपीएस) अधिनियमका प्रावधानहरू अन्तर्गत एक कनाल जमीनसितै एउटा तीन तले आवासीय घरलाई जफत गरेको छ जसको मूल्य लगभग 2 कड़ोर रुपियाँ रहेको छ।

यो सम्पत्ति शाल्टांग निवासी फैयाज अहमद भटको कब्जामा छ जो कुख्यात ड्रग तस्कर मञ्जुर अहमद भटका पिता हुन्। फैयाज अहमद थाना परिम्पोराको एनडीपीएस अधिनियमको एफआईआर संख्या 98/2025 यू/एस 8/22, 29 को मामिलालामा सामेल थियो। जाँचमा पत्तो लाग्यो, उक्त सम्पत्ति मादक पदार्थहरूको तस्करीबाट अवैध रूपमा आर्जन गरेको आयबाट जोड़ेको थियो। यसमाथि सक्षम प्राधिकारीले एनडीपीएस अधिनियमको धारा 68-एफ अन्तर्गत सम्पत्ति कुर्की गर्ने आदेश दिए। कानूनी प्रोटोकललाई पूर्ण रूपमा पालन गर्दै कार्यकारी मेजिस्ट्रेट तथा स्वतन्त्र गवाहहरूको उपस्थितिमा कुर्कीको कारबाही गरियो। कुर्की आदेश अनुसार उक्त सम्पत्तिलाई बेच्ने, पट्टामा दिने, संशोधित गर्ने वा कुनै तेस्रो पक्षको हित बनाउनदेखि रोक लगाइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande