
सिलगढ़ी, 10 दिसम्बर (हि.स.)। फांसीदेवाको मौलानी आमबाड़ी हाट क्षेत्रमा स्पेशल नाका चेकिङमा एक युवकलाई देशी पेस्तोलको साथ पक्राउ गरिएको छ। सशस्त्र सीमा बल (एसएसबी) को 41औं बटालियनका जवानहरूले युवकलाई पक्राउ गरेका छन्। पक्रा परेको व्यक्तिको पहिचान राजाबुल मोहम्मदको रूपमा गरिएको छ, जो इस्लामपुरको रामगंजको बासिन्दा हो।
जानकारी अनुसार, पक्रा परेको युवक मंगलवार राति उत्तर दिनाजपुरबाट फांसीदेवामा देशी पेस्तोल र एक राउण्ड कारतूस लिएर आएको थियो। उसको उद्देश्य हतियार कसैलाई सुम्पिनु थियो। त्यस अगावै युवक पक्रा पऱ्यो। एसएसबीले आरोपी युवकलाई फांसीदेवा थानालाई सुम्प्यो। आरोपी पहिलेपनि धेरै आपराधिक गतिविधिहरूमा सामेल रहेको बताइएको छ। फांसीदेवा थाना पुलिस अग्रिम कारबाहीमा जुटेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी