सम्पूर्ण असममा आयोजित भयो शहीद दिवस समारोह
सम्पूर्ण असममा आयोजित भयो शहीद दिवस समारोह


गुवाहाटी, 10 दिसम्बर (हि.स.)। आज राज्यभरि नै हर्षोल्लास पूर्वक शहीद दिवस मनाइयो। यस अवसरमा मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले केन्द्रिय मन्त्री सर्वानन्द सोनोवाल तथा प्रदेश सरकारका मन्त्रीहरू क्रमैले अतुल बोरा, केशब महन्त आदिसँग मिलेर पश्चिम बोरागाउँस्थित नवनिर्मित शहीद स्मारक क्षेत्रमा शहीद दिवस मनाए। यसरी नै राज्यका भिन्न-भिन्न जिल्लाहरूमा स्थानीय जिल्ला प्रशासनद्वारा व्यापक रूपमा शहीद दिवस कार्यक्रम आयोजना गरियो। यस अवसरमा सांस्कृतिक तथा अन्य विभिन्न प्रकारको कार्यक्रम आयोजना गरियो।

नगाउँबाट प्राप्त जानकारी अनुसार जिल्ला प्रशासनको पक्षबाट बुधवार नेहरूबालीमा शहीद दिवस श्रद्धापूर्वक आयोजना गरियो। कार्यक्रममा हजारौं मानिसहरूको उपस्थितिले यसलाई ऐतिहासिक बनाइदियो जहाँ शहीदहरूप्रति सम्मान स्वरूप ‘शहीद प्रणामो तुमाक’ सामूहिक रूपमा प्रस्तुत गरियो।

यस अवसरमा आठ हजारभन्दा अधिक मानिसहरूले कार्यक्रममा भाग लिएर शहीदहरूप्रति आफ्नो कृतज्ञता प्रकट गरे। कार्यक्रममा जिल्लाधिकारी देवाशिष शरमा तथा विधायक रूपक शर्मा सहित केही गण्यमान्य व्यक्तिहरूले आफ्नो उपस्थिति दर्ता गराए।

अधिकारीहरूले शहीदहरूको त्याग अनि बलिदानलाई स्मरण गर्दै युवाहरूसित राष्ट्र निर्माणमा सक्रिय भूमिका निर्वाह गर्ने अपील गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande