
गुवाहाटी, 10 दिसम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बुधवार गुवाहाटीको पश्चिम बोरागाउँमा निर्मित शहीद स्मारक क्षेत्र एवं उद्यानलाई जनताप्रति समर्पित गरे। यस अवसरमा मुख्यमन्त्री, केन्द्रिय मन्त्री सर्वानन्द सोनोवाल, असम सरकारमा मन्त्री अतुल बोरा समेत केही मन्त्री, विधायक एवं भाजपाका नेताहरू उपस्थित थिए। यस अवधि सबैले असम आन्दोलनका महान शहीदहरूलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको असाधारण साहस एवं बलिदानलाई स्मरण गरे।
मुख्यमन्त्रीले स्मारक स्थलस्थित ‘शहीद प्रणाम ज्योति’-मा पुष्पाञ्जली अर्पण गरी असम तथा असमियाको अस्त्तित्व रक्षार्थ आन्दोलनमा आफ्नो प्राण न्यौछावर गर्ने वीर शहीदहरूलाई नमन गरे। उनले स्मारकमा स्थापित शहीदहरूको प्रतिमाहरूको अवलोकन गरी उनीहरूको अद्भुत त्यागलाई गहिराई पूर्वक स्मरण गरे।
डा. हिमन्त बिस्व सरमाले भने, शहीद स्मारक क्षेत्रको उद्घाटन असम सरकारको पक्षबाट असम आन्दोलनका शहीदहरूप्रति कृतज्ञताको प्रतीक हो। यो स्मारकले भावी पिँढ़ीहरूलाई मातृभूमिको सेवा गर्नको लागि प्रेरित गरिरहनेछ।
मुख्यमन्त्रीले भने, उनको सरकारले असम आन्दोलनका वीर शहीदहरूको संकल्पलाई अगाड़ी बढ़ाउँदै राज्यको संस्कृति, विरासत औ भूमि रक्षाको लागि लगातार कार्य गरिरहेको छ। उनले भने, असमिया गौरव तथा मानिसहरूको अधिकार रक्षार्थ गरिरहेका सबै प्रयासहरू ती आदर्शहरूप्रति समर्पित छ जसको लागि शहीदहरूले आफ्नो सर्वोच्च बलिदान दिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा