
कोलकाता, 10 दिसम्बर (हि. स.)। सन्देशखालीमा सत्ताको संरक्षणमा अपराधको ‘बेताज़ बादशाह’ शेख शाहजहाँविरूद्ध अदालतमा गवाही दिन गइरहेका प्रमुख गवाह भोला घोषको कारलाई एउटा ट्रकले ठक्कर दियो जसमा उनका छोरा सत्यजीत घोष र चालक शहनूर मोल्लाको मृत्यु भयो। भोला घोष गम्भीर रूपमा घाइते भएका छन् जसलाई अस्पतालमा भर्ती गरिएको छ।
बुधवार बिहान भोला घोष, उनका छोरा सत्यजीत र चालक शहनूर, बसन्ती हाइवे भएर बसिरहाट महकुमा अदालत तर्फ गइरहेका थिए। भनिन्छ बयरमारीस्थित एक पेट्रोल पम्प निकट पुगेपछि उनहरूको कारलाई पछिबाट आइरहेको एउटा ट्रकले ठक्कर दियो। ठक्कर लागेपछि कार पल्टिएर सड़क किनारमा झऱ्यो। स्थानीय मानिसहरूले तुरून्तै तीनैजनालाई बाहिर निकालेर अस्पतालमा पुऱ्याए। गम्भीर अवस्थामा भोलालाई मिनाखाँ ग्रामीण अस्पतालमा भर्ती गरियो जहाँ उनको स्थिति बिग्रिएपछि कोलकाता रेफर गरियो। उनको अवस्था अहिले पनि नाजुकै रहेको बताइएको छ।
पुलिस सूत्र अनुसार माछा व्यापारको एउटा सौदालाई लिएर भोला घोषको शेख शाहजहाँसित विवाद भइरहेको थियो। वर्ष 2022-मा शाहजहाँले भोलालाई 20 लाख रुपियाँको चेक दिएका थिए जुन बाउन्स भयो। त्यसपछि भोला घोषले बसिरहाट महकुमा अदालतमा शाहजहाँविरूद्ध मामिला दर्ता गरेका थिए। यसको जवाफमा शाहजहाँले पनि भोलाविरूद्ध मामिला दर्ता गरेका थिए। बुधवार यसै मामिलामा भोला र उनका छोरालाई अदालतमा पेश हुनुथ्यो।
दुर्घटनापछि नजाट थाना पुलिस घटनास्थलमा पुग्यो, तर ट्रक चालक घटनास्थलबाट भागिसकेको थियो। पुलिसले बतायो, घटनाका सबै सम्भावनाहरूको जाँच गरिँदैछ। यो मात्र दुर्घटना थियो वा यसको पछाड़ि कुनै षड़यन्त्र लुकेको छ, त्यो पनि पत्तो लगाइँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा