कोलकाता आइपुगे अन्तरिक्ष यात्री शुभांशु शुक्ला
कोलकाता आइपुगे अन्तरिक्ष यात्री शुभांशु शुक्ला


कोलकाता, 10 दिसम्बर (हि.स.)। इन्टरनेशनल स्पेस स्टेशनबाट फर्केका पहिलो भारतीय अन्तरिक्ष यात्री ग्रुप क्याप्टन शुभांशु शुक्ला बुधवार कोलकाता आइपुगे। यसै वर्षको गत जुलाई महिनामा उनी 18 दिनसम्म अन्तरिक्षमा बसेपछि पृथ्वीमा फर्केका थिए। उनी इण्डियन सेन्टर फर स्पेस फिजिक्सको पक्षबाट आयोजित एक विशेष कार्यक्रममा सामेल हुनका लागि आएका थिए।

कार्यक्रममा क्याप्टन शुभांशु शुक्लाले इण्डियन सेन्टर फर स्पेस फिजिक्सको म्यूजियममा आफ्नो नामबाट स्थापित विशेष पवेलियनको उद्घाटन गरे। त्यसपछि उनले संग्रहालयको भ्रमण गरे। यस अवधि त्यहाँ प्रदर्शित वैज्ञानिक उपकरणहरू तथा प्रयोगहरूलाई पनि हेरे।

शुभांशु शुक्ला अपरान्ह लगभग 12 बजे संस्थानमा आइपुगे जहाँ उनको स्वागत संस्थानका निदेशक वैज्ञानिक डा. सन्दीप चक्रवर्तीले गरे। कार्यक्रममा वैज्ञानिक समुदायका केही सदस्यहरू तथा विद्यार्थीहरू पनि उपस्थित थिए जसले अन्तरिक्ष यात्राको उनको अनुभवलाई सुनेर उत्साह व्यक्त गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande