मन्त्री आशिष सूदले सफाई व्यवस्था अनि फोहोर प्रबन्धन कार्यको गरे निरीक्षण
मन्त्री आशिष सूदले सफाई व्यवस्था अनि फोहोर प्रबन्धन कार्यको गरे निरीक्षण


नयाँ दिल्ली, 10 दिसम्बर (हि.स.)। दिल्लीका शहरी विकास मन्त्री आशिष सूदले बुधवार वार्ड संख्या- 108, हस्तसालको रोड संख्या- 237, होली चौक, हस्तसाल, उत्तमनगर औ विकासपुरीस्थित डीएभी स्कूल क्षेत्रमा साफ-सफाई, प्रदूषण नियन्त्रण, फोहोर प्रबन्धन, नालाहरूको साफ-सफाई आदि कार्यहरूको निरीक्षण गरे। यस अवधि स्थानीय मानिसहरूले मन्त्रीलाई बताए, विकासपुरीको डीएभी स्कूल सामु थुप्रिएको मैला-कुचैलाको पहाड़ले बाल-बालिकाहरूको स्वास्थ्यमा विपरीत प्रभाव मात्र पारिरहेको छैन जबकि प्रदूषण पनि फैलाइरहेको छ। यसको साथै रोड नम्बर-237 का कतिपय स्थानहरूमा सीवरको ढकनी खोलिएको छ जसबाट दुर्घटना हुने आशंका रहिरहन्छ। साथै रोडमाथि कतिपय ठाउँमा मैला-कुचैला थुप्रिरहन्छ जसलाई उठाउनको लागि कुनै समुचित व्यवस्था छैन।

निरीक्षणपछि शहरी विकास मन्त्रीले बताए, दिल्लीको प्रत्येक वार्डमा मानिसहरूलाई स्वच्छता सेवा समयबद्ध तथा प्रभावशाली ढंगमा उपलब्ध गराउनु सरकारको लक्ष्य हो। हरेक क्षेत्रमा नियमित रूपमा साफ-सफाई तथा फोहोरको प्रबन्ध गरियोस्। यसै क्रममा आज विभिन्न क्षेत्रहरूको निरीक्षण गरियो ताकि धरातलीय स्तरमा व्याप्त चुनौतीहरूलाई बुझेर सम्बन्धित अधिकारीहरूलाई आवश्यक कारबाही गर्ने निर्देश दिइयोस्।

मन्त्री सूदले यो पनि बताए, निरीक्षण अवधि उनले वार्डमा भइरहेका सफाई तथा स्वच्छता कार्यहरूको गुणस्तरको मूल्याकन गर्नको साथै फोहोर संग्रहण, परिवहन तथा निस्तारणको प्रक्रियाको जानकारी, नालीहरूको सफाई एवं जल निकासी व्यवस्थाको समीक्षा पनि गरे। उनले भने, दिल्ली सरकार, दिल्ली नगरनिगमलाई हरसम्भव सहयोग दिएर राजधानीको सफाई व्यवस्थामा व्यापक सुधार ल्याउन चाहन्छ। दिल्ली सरकार र दिल्ली नगरनिगमबीच वर्षौंदेखि जारी तानातान अब समाप्त हुनुपर्छ। एका-अर्कामाथि आरोप-प्रत्यारोपलाई पनि बन्द गर्न आवश्यक छ।

मन्त्रीले यो पनि भने, दिल्ली सरकार र दिल्ली नगरनिगमबीच मजबुत इन्ट्रा-डिपार्टमेन्ट कोअर्डिनेशन स्थापना भएपछि मात्र हामी विकसित दिल्लीको संकल्पलाई सफलतापूर्वक पूरा गर्न सक्नेछौं।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande