
सोनादा, 10 दिसम्बर (हि.स.)। आशारिका फाउण्डेशनले सोनादाको अप्पर पचेङ नन्द गाउँ निवासी हर्कबहादुर गुरुङलाई 10 हजार रुपियाँ सहयोग गरेको छ। उनको घर गत 7 दिसम्बरको राति आगलागीमा जलेर खरानी भएको थियो। आफुले लगाएका लुगाबाहेक उनले अरू केही पनि निकाल्न सकेका थिएनन्।
उनको यो दु:खको समयमा आशारिका फाउण्डेशनले पीडित परिवारप्रति आफ्नो समर्थन र ऐक्यबद्धता प्रदर्शित गरेको छ। यो दु:खको घडीमा परिवारलाई मद्दत गर्ने अवसर प्रदान गरेकोमा फाउण्डेशनका सभापति रित्विक तामाङले भगवानलाई धन्यवाद दिएका छन्।
हिन्दुस्थान समाचार / हनोक