
खरसाङ, 10 दिसम्बर (हि.स.)। साहित्यकार भरत सुब्बाको निधन भएको छ। मार्गरेट्स होप बाँसघारी निवासी एवं हाल दिलाराम बसोबासो गर्दै आएका एक समयका साहित्यकार भरत सुब्बाको निधन भएको जानकारी प्राप्त भएको छ।
70 र 80 को दशकमा चिर परिचित नाम हो भरत सुब्बा। उनले साहित्यकार शिवकुमार राईसित पनि सहकार्य गरेका थिए। भरत सुब्बाको कृतिमा कथा सूग्रह 'अनौठो भेट', र 'आरूबखडा संकलन', आदि प्रकाशित छन्। साहित्यनुरागी तथा नेपाली समाजमा उनको योगदान सराहनीय रहेको छ।
मंगलवार उनको आकस्मिक निधन भयो। उनको निधनले भारतीय नेपाली साहित्यमा ठूलो क्षति पुगेको साहित्यकार एवं व्यंग्यकार अमीत सुब्बा 'विकल्प' बताएका छन्।
हिन्दुस्थान समाचार / हनोक