
गान्तोक, 10 दिसम्बर (हि.स.)। राष्ट्रिय महिला आयोग (एनसीडब्ल्यु) की सदस्या डेलिना खोङडुपले आज लोकभवनमा सिक्किमका राज्यपाल ओमप्रकाश माथुरसँग शिष्टाचार भेट गरिन्। खोङडुपको साथमा सिक्किम राज्य महिला आयोगकी अध्यक्ष र सदस्यहरू पनि सामेल थिए। उक्त जानकारी आज लोकभवनले दिएको छ।
अन्तरक्रियाको क्रममा प्रतिनिधिमण्डलले महिला अधिकारको रक्षा र प्रवर्द्धन गर्न आयोगले गरिरहेका प्रयासहरूको बारेमा राज्यपाललाई जानकारी गराए। यस अतिरिक्त, लागूऔषधको लत, राज्यमा युवाहरूमा आत्महत्याका घटनाहरू, बढ्दो मुद्दाहरूलाई सम्बोधन गर्न सहयोगी प्रयासहरूको आवश्यकतामा जोड दिइयो।
राज्यपाल माथुरले घरेलु हिंसा, आत्महत्या, लागूऔषध आदि बारे विद्यार्थीहरू, स्वयं सहायता समूहहरू र अन्य सरोकारवालाहरूलाई संलग्न गराएर थप जागरूकता सिर्जना गर्नुपर्ने आवश्यकतामा जोड दिए। उनले राज्यमा आत्महत्या र लागूऔषधका घटनाहरूको चिन्ताजनक तथ्याङ्कप्रति गम्भीर चिन्ता व्यक्त गरे। उनले सामुदायिक प्रयासहरू मार्फत लागूऔषधको तस्करीलाई सम्बोधन गर्न व्यापक दृष्टिकोणको आवश्यकतामा जोड दिउ।
राज्यपालले यस आन्दोलनमा महिलाहरूको निर्णायक भूमिकालाई स्वीकार गर्दै लागूऔषधको लत विरुद्धको लडाईको नेतृत्व गर्ने सबैभन्दा बलियो शक्ति महिलाहरू रहेको बताए। उनले लागूऔषघ दुरुपयोग विरुद्धको अभियान र स्वस्थ जीवनशैलीको लागि खेलकुद, कला र मनोरञ्जनात्मक गतिविधिहरू मार्फत व्यापक स्तरमा अभियानलाई तीव्र पारिनुपर्छ भनी बताए।
राज्यपालले सिक्किम राज्य महिला आयोगका सदस्यहरूलाई लागूऔषध दुरुपयोग विरुद्ध पुलिसको सहयोग लिॅंदै यस कार्यमा सक्रिय रूपमा योगदान दिन आग्रह गरे। उनले सदस्यहरूलाई राज्यका सबै छ जिल्लाहरूलाई अपनाउन सुझाउ पनि दिए।
हिन्दुस्थान समाचार / बिशाल