
खरसाङ, 10 दिसम्बर (हि.स.)। खरसाङ चिमनी देवराली समष्टिको मजुवा क्षेत्रका युवाहरुलाई सभासद श्याम शेर्पाद्वारा क्रिकेटको जर्सी प्रदान गरिएको छ। मजुवा क्षेत्रका युवाहरुलाई खेलकूदमा प्रोत्साहित गर्न सभासद शेर्पाले गुणस्तरीय क्रिकेटको जर्सी प्रदान गरेको मजुवाका युवा सदस्य समीर राईले जानकारी गराएका छन्।
यसभन्दा अघि पनि युवाहरुलाई प्रोत्साहित गर्न क्रिकेटका सामानहरु, फुटबलको जर्सी र फुटबल पनि प्रदान गरेका थिए भन्दै उनले सबै युवाहरूको तर्फबाट सभासद शेर्पाप्रति आभार प्रकट गरेका छन्।
सभासद शेर्पाले भने, वर्तमानमा कतिपय युवाहरु नशालु पदार्थकाे कुलतमा फसेर आफ्नो जीवन बर्बाद गरिरहेका छन् भने यसकाे असर परिवार र गाउँ घर समाजलाई पर्ने गर्छ। नाला, बाटो, झोडाकाे समस्यामा मात्र होइन, तर हामीले समाजमा युवाहरु कुन दिशामा लाग्दैछ यो पनि याद गर्नुपर्छ।
उनले युवाहरुलाई खेलकुदप्रति प्रोत्साहित गर्न विगतमा पनि समष्टि, नगरपालिका र पञ्चायत क्षेत्रमा फुटबलको जर्सी र फुटबल साथै अन्य खेलकूदका समान वितरण गरेको जानकारी गराए। उनले भविष्यमा पनि युवाहरुलाई सही बाटोमा हिँडाउनु सक्ने प्रयास गर्ने बताउॅंदै नशालु पर्दाथबाट जोगाउन पुलिस विभागलाई साथमा लिएर सचेतनामूलक कार्यक्रमहरू पनि गर्ने बताए।
हिन्दुस्थान समाचार / हनोक