वरिष्ठ साहित्यकार नन्द हाङ्खिमलाई 'दान खालिङ साहित्य सम्मान 2025’ प्रदान गरिने
वरिष्ठ साहित्यकार नन्द हाङ्खिम


गान्तोक, 10 दिसम्बर (हि.स.)। सिलगढ़ी नेपाली साहित्य संस्थानद्वारा प्रतिवर्ष प्रदान गरिने ‘दान खालिङ साहित्य सम्मान’ यस वर्ष (२०२५) वरिष्ठ साहित्यकार नन्द हाङ्खिमलाई प्रदान गर्ने संस्थानले निर्णय लिएको छ। उक्त जानकारी आज संस्थानकी उपाध्यक्ष सरिता शर्माले एक प्रेस विज्ञप्तिमा दिएकी छन्।

संस्थानले साहित्यकार नन्द हाङ्खिमले आफ्नो जीवनको अधिकांश समय साहित्यलाई दिई भारतीय नेपाली साहित्यमा प्रगतिवादी साहित्यको आधार निर्माणमा योगदान पुऱ्याएकोमा यो सम्मान प्रदान गर्ने निर्णय लिएको बताएको छ।

संस्थान अनुसार, यस निर्णयमा आउन अघि सिलगढ़ी नेपाली साहित्य संस्थानले नेपाली भाषा साहित्य अध्ययन अध्यापन गराइरहेका विभिन्न महाविद्यालय, विश्वविद्यालय, विभिन्न साहित्यिक सङ्घ संस्थान र वरिष्ठ साहित्यकारहरूलाई यस सम्मानका लागि कृति प्रस्ताव गरिदिन आग्रह गरी पत्राचार गरेको थियो। धेरैवटा महाविद्यालय, विश्वविद्यालय अनि साहित्यिक संस्था र धेरैजना साहित्यकारहरूले संस्थानलाई आफ्ना अनुभवले कृति र कृतिकारका नाम पठाएका थिए। संस्थानकी उपाध्यक्ष सरिता शर्माको अध्यक्षतामा सम्पन्न भएको चयन समितिका तीनजना जुरी सदस्यहरूको बैठकले सर्वसम्मतिमा ‘दान खालिङ साहित्य सम्मान २०२५’ का लागि वरिष्ठ साहित्यकार नन्द हाङ्खिमको नाम चयन गरेको हो।

‘दान खालिङ साहित्य सम्मान २०२५’-का लागि चयन भएकोमा वरिष्ठ साहित्यकार नन्द हाङ्खिमलाई सिलगढ़ी नेपाली साहित्य संस्थानले हार्दिक बधाइ एवम् अभिनन्दन अर्पण गरेको छ। यसका साथै आफ्नो बहुमूल्य समयबाट संस्थानका लागि समय निकाली कृति अनि कृतिकारहरूको नाम प्रस्ताव पठाई संस्थानलाई सहयोग गर्ने सम्पूर्ण प्रस्तावकहरूप्रति संस्थान आफ्नो कृतज्ञता प्रकट गरेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande