
नयाँ दिल्ली, 10 दिसम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले बुधवार नागरिकहरूलाई 'आपकी पूंजी, आपका अधिकार' अभियानसॅंग सक्रियरूपमा भाग लिन अपील गरेका छन्। यो पहल देशका नागरिकहरूलाई उनीहरूले बिर्सेका र दाबी नगरिएका वित्तीय संसाधनहरू, दाबी नगरिएको जमा राशि, बीमा राशि, डिविडेन्ट र अन्य वित्तीय परिसम्पत्तिहरू फिर्ता पाउन मद्द गर्ने उद्देश्यले शुरू गरिएको हो।
प्रधानमन्त्रीले एक्समा लिंक्डइन ब्लग साझा गर्दै लेखे, 'यो तपाईहरूले बर्सनु भएका वित्तीय संसाधनहरूलाई नयॉं अवसरमा फेर्ने अवसर हो। 'आपकी पूंजी, आपका अधिकार' आन्दोलनमा भाग लिनुहोस्।'
उल्लेखनीय छ, सरकार अनुसार 'आपकी पूंजी, आपका अधिकार' पहलले दाबी नगरिएका करोड़ौं रूपियॉंको फण्ड सही हकदारसम्म पुग्नेछ। वित्तीय संस्थानहरू अनुसार, दाबी नगरिएको भुकतान धेरै ठूलो संख्यामा खाता र निवेशहरूमा वर्षौंदेखि जमा छन्, जसलाई अब एक सहज प्रक्रियाको माध्यमले प्राप्त गर्न सकिने छ। अभियानमा जन साधारणसॅंग सम्बन्धित वित्तीय दाबीहरूको जानकारी एउटै मंचमा उपलब्ध गराउने व्यवस्था गरिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी