
नयाँ दिल्ली, 10 दिसम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले बुधवार शहीद दिवसको अवसरमा एतिहासिक असम आन्दोलनमा सामेल वीरहरूको साहस र बलिदानको स्मरण गर्दै असम आन्दोलनले भावी पीढ़ीहरूलाई प्रेरित गरिरहने बताएका छन्। उनले भने, केन्द्र सरकारले राज्यको सांस्कृतिक मजबूती तथा समग्र विकासको संकल्पलाई दोहोऱ्याउँदछ।
प्रधानमन्त्रीले सोशल मीडिया प्लेटफार्म एक्समा भनेका छन्, शहीद दिवसमा असम आन्दोलनको हिस्सा रहेका सबै वीरहरूको साहसको स्मरण गरिन्छ। यो आन्दोलनले देशको इतिहासमा सदैव महत्वपूर्ण स्थान राख्नेछ। केन्द्र सरकार ती सबैको सपनाहरूलाई पूरा गर्न प्रतिबद्ध छ, विशेष रूपमा असमको संस्कृतिलाई सुदृढ़ बनाउन र राज्यको सर्वांगीण प्रगतिको निम्ति। असम आन्दोलनले राज्यको अस्मिता, सामाजिक चेतना र सांस्कृतिक वैभवलाई नयाँ दिशा प्रदान गऱ्यो।
हिन्दुस्थान समाचार / भवानी थामी