
गान्तोक, 10 दिसम्बर (हि.स.)। पश्चिम सिक्किमको उत्तरे पुलिस थाना क्षेत्रमा मंगलवार भएको वाहन दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको छ। मृतकको नाम लिलेन लिम्बू बताइएको छ। 37 वर्षीय मृतक गेजिङ जिल्लाको हि-गाउॅं निवासी थिए।
पुलिस रिपोर्टमा उल्लेख गरिएअनुसार, दुर्घटना उत्तरे देन्ताम रोड अन्तर्गत सिङ्गसोर पुल छेउमा हिजो सॉंझ लगभग 6 बजी भएको हो। वाहन सड़कदेखि लगभग 300 फुट तल झरेको थियो। स्थानीय मानिसहरूको सहयोगमा गम्भीर रूपमा घाइते सुब्बालाई देन्ताम पीएचसी लगियो, जहॉं प्राथमिक उपचारपछि उनलाई गेजिङ जिल्ला अस्पताल रेफर गरियो। तर, जिल्ला अस्पतालमा उनलाई मृत घोषित गरियो।
वाहन स्वयं सुब्बाले चलाइरहेका थिए। उनी उत्तरेका फुड इन्स्पेक्टरको रूपमा कार्यरत थिए। पुलिसले मामिलाको छानबिन गरिरहेको छ।
हिन्दुस्थान समाचार / बिशाल