
नयॉं दिल्ली, 11 दिसम्बर (हि.स.)। राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) प्रमुख डा. मोहन भागवत बिहिवार अण्डमान र निकोबार द्वीप समूहको तीन दिवसीय यात्रामा जानेछन्। उनले त्यहॉं वीर सावरकरको प्रतिमा अनावरण गर्नेछन्।
उनी आज श्री विजयपुरम पुग्नेछन् र संघ पदाधिकारीहरू र कार्यकर्ताहरूसॅंग बैठक गर्नेछन्। 12 दिसम्बरमा उनले दक्षिण अण्डमानको बेओदनाबादमा महान स्वतन्त्रता सेनानी विनायक दामोदर सावरकरको प्रतिमाको अनावरण गर्नेछन्। यसका साथै उनले डा. बीआर आम्बेडकर इन्स्टीट्यूट अफ् टेक्नोलोजीमा आयोजित कार्यक्रममा सवारकरका विचारहरूमाथि आधारित गीतको विमोचन गर्नेछन्।
13 दिसम्बरमा श्रभ् विजयपुरमको नेताजी स्टेडियममा संघ प्रमुखले सभालाई सम्बोधित गर्नेछन् र 14 दिसम्बरमा उनी फर्किने कार्यक्रम निर्धारित छ।
उल्लेखनीय छ, ब्रिटिश कालमा वीर सावरकरलाई काला पानीको सजाय अन्तर्गत अण्डमानको सेलुलर जेलमा राखिएको थियो। उनलाई 4 जुलाई, 1911 देखि 21 मई, 1921 सम्म पोर्ट ब्लेयरको जेलमा राखिएको थियो।
हिन्दुस्थान समाचार / भवानी थामी