बक्स अफिसमा ‘धुरन्धर’ को दबदबा कायम
Dhurandhar


रणवीर सिंह र अक्षय खन्ना अभिनीत फिल्म ‘धुरन्धर’ बक्स अफिसमा निरन्तर रूपमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ। रिलिज भएदेखि नै फिल्मले हरेक दिन नयाँ उपलब्धि हासिल गरिरहेको छ। दोस्रो हप्तामा प्रवेश गरे पनि यसको कमाइको गति घटेको छैन। वीकएन्डसँगै कार्यदिवसहरूमा पनि फिल्मको व्यापार मजबुत रहेको छ।

दोस्रो हप्तामा पनि बलियो पकड़

स्याकनिल्कको रिपोर्टअनुसार, ‘धुरन्धर’ ले रिलिजको ११औँ दिन (सोमबार) करिब २९ करोड़ रुपियाँ कमाइ गरेको छ। यससँगै फिल्मको कुल घरेलु कमाइ ३७९.७५ करोड़ रुपियाँ पुगेको छ।

त्यसैगरी, विश्वव्यापी बक्स अफिसमा फिल्मले तीव्र गतिमा ५७९.२५ करोड़ रुपियाँ संकलन गरेको छ। यस उपलब्धिसँगै ‘धुरन्धर’ सन् २०२५ को तेस्रो सबैभन्दा धेरै कमाइ गर्ने भारतीय फिल्म बनेको छ।

यद्यपि, विश्वव्यापी कमाइको हिसाबले फिल्म अझै ‘छावा’ (८०७.९१ करोड़ रुपियाँ) र ‘कान्तारा: चेप्टर १’ (८५२.२५ करोड़ रुपियाँ) भन्दा पछाडि रहेको छ।

‘किस किसको प्यार करूँ २’ को कमजोर अवस्था

अर्कोतर्फ, कपिल शर्मा अभिनीत फिल्म ‘किस किसको प्यार करूँ २’ बक्स अफिसमा दर्शकको खास समर्थन पाउन सकेको छैन। १२ दिसम्बरमा रिलिज भएको यस फिल्मको कमाइ केवल चार दिनमै उल्लेखनीय रूपमा घटेको देखिएको छ।

स्याकनिल्कको रिपोर्टअनुसार, फिल्मले चौथो दिन मात्र ९० लाख रुपियाँ कमाइ गरेको छ। दोस्रो दिन: २.५ करोड़ रुपियाँ र तेस्रो दिन: २.९ करोड़ रुपियाँ कमाई गरेको छ।

अहिलेसम्म फिल्मको कुल कमाइ केवल ८.१५ करोड़ रुपियाँ रहेको छ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande