(साक्षात्कार) ‘फिल्म उद्योगमा सफलताका लागि रिस्क होइन, आत्मविश्वास आवश्यक’ : राम गोपाल वर्मा
Ram gopal verma


लोकेश चन्द्र दुबे

१९९५ मा रिलीज भएको आमिर खान र उर्मिला मातोंडकरको कल्ट–क्लासिक फिल्म ‘रंगीला’ फेरि एकपटक ठूला पर्दामा फर्किन गइरहेको छ। लगभग 3० वर्षपछि यो प्रतिष्ठित फिल्म पुनः सिनेमाघरमा रिलिज भइसकेको छ। आर.डी. बर्मनको संगीत, ए.आर. रहमानको ब्याकग्राउन्ड स्कोर, आमिर–उर्मिलाको अन–स्क्रिन केमेस्ट्री र राम गोपाल वर्माको निर्देशन शैलीले यसलाई ९० को दशकका सबैभन्दा सम्झनालायक फिल्महरूमध्ये एक बनाएको थियो।

यस विशेष अवसरमा निर्देशक राम गोपाल वर्माले ‘हिन्दुस्थान समाचार’ सँग विशेष कुराकानी गरे। कुराकानीका क्रममा उनले ‘रंगीला’ को पुनः रिलिजबारे आफ्नो भावनासँगै आफ्नो फिल्मी करियर, बदलिँदो सिनेमाको युग तथा साउथ बनाम बलिउड बहसबारे पनि खुलेर कुरा गरे।

आज पछाडि फर्केर हेर्दा ‘रंगीला’ ले तपाईको करियरमा कस्तो महत्त्व राख्छ?

केही फिल्महरू साँच्चिकै टाइमलेस हुन्छन्। जुन समयमा हेरे पनि उस्तै आनन्द र मनोरञ्जन प्राप्त हुन्छ। यस फिल्मको कथा र पात्रहरू आज पनि दर्शकहरूसँग उस्तै गरी जोडिन्छन्, जस्तै पहिलो पटक जोडिएका थिए। यसको गीत–संगीत जस्तो कम्पोज गरियो, जस्तो गरिमा र कलात्मक ढंगमा फिल्माइयो, त्यसले आफ्नो समयमा नयाँ बेंचमार्क स्थापित गरेको थियो। धेरै क्रियटिभ तत्वहरू एकसाथ आएर यस फिल्मलाई मात्र सफल बनाएनन्, यसलाई ‘क्लासिक’ को दर्जा पनि दिलाए।

ए.आर. रहमानलाई यो फिल्मसँग जोड्ने निर्णय कसरी भयो?

‘रंगीला’ भन्दा अगाडि पनि मैले रहमानको संगीत सुनेको थिएँ, र सत्य भन्नुपर्दा उनको कम्पोजिसन, रिदम, संगीतको संरचना सबैले मलाई चकित पार्थ्यो। राम्रो संगीतकार धेरै हुन्छन्, तर रहमानको धुनमा रहेको ताजगी र एक्सपेरिमेन्टल स्पर्श अरूमासँग मिल्दैन। त्यसैले शुरुबाटै म यो फिल्मको संगीत उनीबाट नै गराउन अत्यन्त उत्सुक थिएँ। मैले कहिल्यै संगीतमा दखल दिइन। किनकि रहमानले जुन बनाउनेछन्, त्यो ‘कमाल’ नै हुन्छ भन्ने पूर्ण विश्वास थियो र भयो पनि। ‘रंगीला’ को संगीत जति हिट भयो, त्यसले प्रमाणित गर्छ कि त्यो बेला रहमानले जे सिर्जना गरे, त्यस्तो जादू फेरि दोहोरिन कठिन होला।

आजको सिनेमाको माहोलमा यही कथालाई फेरि भन्नु परे के परिवर्तन आवश्यक देख्नुहुन्छ?

‘रंगीला’ को कथा हरेक समयमा उस्तै प्रासंगिक र रिलेटेबल छ। त्यसैले यसमा परिवर्तन आवश्यक छ भन्ने मलाई लाग्दैन। म व्यक्तिगत रूपमा चाहन्न कि यसको सिक्वेल बनाइयोस् वा रिमेक गरियोस्। यस फिल्मको आत्मा यसको कलाकार, संगीत र त्यो युगको मासूमियतमा छ, जसलाई फेरि त्यही गहिराइमा उतार्न गाह्रो छ। दर्शकहरूले पनि आफूले चिनेकै ‘रंगीला’ लाई नयाँ कलाकारहरूसँग दोहोरिन मन पराउने छैनन्। उनीहरूका लागि यो फिल्म जसरी बनेको थियो, त्यो स्वरूपमै परिपूर्ण छ।

के तपाईलाई लाग्छ आजका फिल्म निर्माता जोखिम वा नयाँ प्रयोग गर्न हिच्किचाउँछन्?

म आफ्नै कुरा गरूँ, मैले कहिल्यै फिल्महरूलाई रिस्क मानेर बनाएको छैन। प्रत्येक प्रोजेक्ट मेरो लागि आत्मविश्वास थियो, कथा, टिम र आफ्नै क्रियटिभ इन्ट्यूइशनमा।

बरु जुनहरू बारम्बार एउटै ढाँचाको फिल्म बनाइरहन्छन्, वावास्तविक जोखिम त त्यही हो। आजका दर्शकहरू अत्यन्त सजग छन्, उनकी रुचि छिटो बदलिन्छ। यही कारण करिब ९० प्रतिशत फिल्महरू बक्स अफिसमा फ्लप भइरहेका छन्। यसको सरल अर्थ—फिल्म उद्योगमा अब कुनै फर्मुला वा शैली सफल हुने ग्यारेन्टी छैन।ओरिजिनालिटी र इमान्दारी नै चल्छ।

‘कान्तारा’को सफलतापछि, के हिन्दी फिल्म निर्माताले साउथ सिनेमाबाट सिक्नुपर्छ? तपाईले यसबारे ट्विट पनि गर्नुभएको थियो। त्यसभित्रको सोच के थियो?

साउथमा पनि धेरै फिल्महरू बनाइन्छन्, तर सबै सफल हुँदैनन्।

तर हामी प्रायः सफल र उत्कृष्ट फिल्महरू मात्र हेरेर सोचिहाल्छौँ कि त्यहाँ बनेको हरेक फिल्म असाधारण हुन्छन्, यो सत्य होइन।

हो, ऋषभ शेट्टी र सन्दीप वाङ्ग रेड्डी जस्ता निर्देशकहरूले मौलिक, नयाँ र क्रियटिभ सामग्री बनाइरहेका छन्, तर ती सीमित उदाहरण हुन्।

मुम्बईका कार्पोरेट प्रोडक्सन हाउसमा १० जना बसेर फिल्मको हरेक पक्षको निर्णय लिने प्रवृत्तिले क्रियटिभिटी दबिन्छ। धेरै निर्णय अन्ततः फिल्मका लागि सही ठर्दैनन्।

तर, जब प्रतिभाशाली निर्देशक एक्लै वा सानो टिमसँग काम गर्छ,

त्यो बेलामा केही असाधारण र अनौठो सिर्जना हुन सक्छ। सबैभन्दा राम्रो तरिका के हो भने निर्देशकलाई पूर्ण क्रियटिभ स्वतन्त्रता दिइनुपर्छ। पछि, प्रोडक्सन टिमले व्यापार, मार्केटिङ इत्यादिमा सुझाउ दिन सक्छ। यसरी क्रियटिभ स्वतन्त्रता + व्यापारिक रणनीतिको सन्तुलनले फिल्मको गुणस्तर र सफलताका लागि सबैभन्दा प्रभावकारी हुन्छ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande