महानदीमा हिन्दी म्यूजिक भिडियो 'यादें' को छायाङ्कन सम्पन्न
महानदीमा हिन्दी म्यूजिक भिडियो 'यादें' को छायांकन सम्पन्न


तीनधारे, 02 मार्च (हि.स.)। महानदी र खरसाङ वरिपरिका प्राकृतिक सुन्दर दृश्यहरू अब 'यादें' नामक हिन्दी म्युजिक भिडियोमा देखिने छन्। यहॉंका प्राकृतिक सुन्दरतालाई भारत लगायत सम्पूर्ण विश्वमाझ पुऱ्याउने उद्देश्यका साथ नयाँ हिन्दी सांगीतिक भिडियोले 'यादें' को छायाङ्कन सम्पन्न गरेको छ।

स्थानीय कलाकार जयदेव प्रधानको यस प्रोजेक्टले महानदी, घुम्ती चिया बगान, हनुमान डाँडा, खरसाङ, 20 माइलस्थित स्मृति वन, तिन्धारे, मधुवन पार्क, सुकुना जस्ता रमणीय स्थानहरूलाई समेटेको छ। सहाना प्रधानको मार्गदर्शन अनि रुद्र प्रोडक्सन हाउस (राँची) का भिडियोग्राफर रञ्जित र मुम्बईका भिडियो सम्पादक फणी भूषणको कडा मिहिनेतले यस भिडियोमा विश्व प्रसिद्ध हिमालयन रेल (टय ट्रेन) अनि पहाडका रोमाञ्चक दृश्यहरूलाई आकर्षक ढंगमा कैद गरेको बताइएको छ।

जयदेवले बताए, यो भिडियो केवल संगीत मात्र नभई आफ्नो जन्मभूमिको पर्यटनलाई प्रोमोट गर्ने एउटा अभियान पनि हो। हाम्रो पहाडका कुना-कुनामा लुकेका सौन्दर्यलाई विश्वले चिन्नुपर्छ। यहाँ होमस्टे र पर्यटनको ठूलो सम्भावना छ।

उनले पहाडका अन्य सोशल मिडिया क्रिएटरहरूलाई पनि आफ्नै ठाउँको प्रचार गर्न आग्रह गरे, जसले गर्दा स्थानीय क्षेत्रमा रोजगारीका अवसरहरू सिर्जना हुन सकुन्। उनले स्थानीय गण्यमान्य व्यक्ति तथा राजनीतिक व्यक्तिहरूलाई पनि महानदीमा आई लभ महानदीको नीलो बोर्ड स्थापना गर्न सहयोगको अपील गरेका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande