
रणवीर सिंह अभिनीत फिल्म धुरंधर 2 ले बक्स अफिसमा ऐतिहासिक उपलब्धि हासिल गरे पनि अहिले यसको कमाईमा गिरावट देखिएको छ।
रिलिजको १९औँ दिन (सोमबार) फिल्मले करिब १० करोड़ रुपियाँ कमाई गरेको छ, जुन अघिल्ला दिनहरूको तुलनामा निकै कम हो। स्याकनिल्कका अनुसार, १७औँ दिन फिल्मले २५.६५ करोड़ रुपियाँ र १८औँ दिन २८.७५ करोड़ रुपियाँ कमाएको थियो, जसको तुलनामा १९औँ दिनको गिरावट स्पष्ट देखिन्छ।
यद्यपि, फिल्मको कुल घरेलु नेट कलेक्सन अब १,०२३.७७ करोड़ रुपियाँ पुगेको छ, र यो भारतीय बक्स अफिसमा १००० करोड़ रुपियाँ पार गर्ने पहिलो हिन्दी फिल्म बनेको छ।
वैश्विक स्तरमा पनि फिल्मको प्रदर्शन उत्कृष्ट नै रहेको छ। १९ दिनमा यसले विश्वभर १,६२२.७२ करोड़ रुपियाँ कमाइसकेको छ। विशेष कुरा के छ भने, नर्थ अमेरिकामा फिल्मले करिब २१७ करोड़ रुपियाँ कमाउँदै बाहुबली 2: द कन्क्लूजन को करिब ९ वर्ष पुरानो रेकर्डलाई पछि पारेको छ।
आदित्य धरको निर्देशनमा बनेको यो फिल्म २०२५ को ब्लकबस्टर धुरंधर को सिक्वेल हो, जसले लगातार नयाँ कीर्तिमान बनाइरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी