
नयाँ दिल्ली, १६ दिसम्बर (हि.स.)। इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को अक्सन हुनुअघि खेलाडीहरूको सूचीमा फेरि एकपटक परिवर्तन गरिएको छ। सोमबार जारी गरिएको अपडेटअनुसार, फ्रेन्चाइजहरूको अनुरोधमा १९ अतिरिक्त खेलाडीहरू अक्सन सूचीमा समावेश गरिएका छन्। यससँगै अब कुल खेलाडीहरूको संख्या बढेर ३६९ पुगेको छ।
यस ताजा अपडेटमा सबैभन्दा महत्वपूर्ण नाम बंगालका कप्तान अभिमन्यु ईश्वरनको रहेको छ, जसलाई पहिलो पटक आईपीएल २०२६ अक्सन सूचीमा स्थान दिइएको छ।
यसअघि लिगले नौ जना खेलाडीलाई अक्सन पूलमा समावेश गरेको थियो, जसमा त्रिपुराका अलराउन्डर मानिसंकर मुरसिंह, स्वास्तिक चिकारा र दक्षिण अफ्रिकाका इथन बश रहेका थिए। तर केही समयपछि यी नामहरू सूचीबाट हटाइएका थिए। अब पछिल्लो अपडेटपछि ती नौ खेलाडीहरूलाई पुनः अक्सन सूचीमा समावेश गरिएको छ।
अक्सन सूचीमा थपिएका खेलाड़ी र उनीहरूको बेस प्राइस
मानिसंकर मुरसिंह – ₹३० लाख
स्वास्तिक चिकारा – ₹३० लाख
इथन बश – ₹७५ लाख
विरनदीप सिंह – ₹३० लाख
चामा मिलिंद – ₹३० लाख
के.एल. श्रीजित – ₹३० लाख
राहुल राज नामला – ₹३० लाख
क्रिस ग्रीन – ₹७५ लाख
विराट सिंह – ₹३० लाख
अभिमन्यु ईश्वरन – ₹३० लाख
त्रिपुरेश सिंह – ₹३० लाख
काइल वेरेयेन – ₹१.२५ करोड़
ब्लेसिङ मुजाराबानी – ₹७५ लाख
बेन सियर्स – ₹१.५० करोड़
राजेश मोहंती – ₹३० लाख
स्वास्तिक सामल – ₹३० लाख
सरांश जैन – ₹३० लाख
सूरज संगराजू – ₹३० लाख
तनमय अग्रवाल – ₹३० लाख
अबु धाबीको एतिहाद एरिनामा हुने यस अक्सनअघि गरिएको यो अपडेटले फ्रेन्चाइजहरूका लागि विकल्पहरू अझै फराकिलो बनाएको छ। अब सबैको ध्यान यसतर्फ केन्द्रित छ कि यी नयाँ नामहरूमाथि कुन–कुन टोलीले दाउ लगाउनेछन्।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी