बान्दीपोरा पुलिसले वुलर झीलमा फसेका केही मछुआराहरूलाई बचायो
बान्दीपोरा पुलिसले वुलर झीलमा फसेका केही मछुआराहरूलाई बचायो


बान्दीपोरा, 19 दिसम्बर (हि.स.)। बान्दीपोरा पुलिसले गए बिहीवार अबेर राती वुलर झीलमा फसेका बनियारी हाजिनका केही मछुआराहरूलाई बचायो।उनीहरूको डुंगामा तकनिकी खराबी आएको कारणले मछुआराहरू घण्टौंसम्म झीलमा फसिरहे जोसित अन्य मानिसहरूको सम्पर्क नै हुन सकिरहेको थिएन। सम्पर्क नभएको कारणले मछुआराहरूका परिवारहरू चिन्तित भए। यस्तो संकटको सूचना पाउनसाथ सुम्बल पुलिस स्टेशन अन्तर्गत अजास पुलिस चौकीले बचाउ अभियान शुरू गऱ्यो।

अजास पुलिस स्टेशनका निदेशक ऐराफ नियाज़को नेतृत्वमा एउटा टीम आधा राती पनि घटनास्थलको छेउमा पुग्यो, अँध्यारो र कठिन परिस्थितिमा फसेको डुंगाको बारेमा पत्तो लगाएर पुलिसले सबै मछुआराहरूलाई सुरक्षित फर्काएर ल्यायो। बचाइएका मछुआराहरूले बताए, उपकरण खराब भएको तथा नेटवर्क कनेक्टिभिटी कमजोर रहेको कारणले उनीहरूलाई आफ्नो ज्यानको जोखिम महसूस भइरहेको थियो। उनीहरूले समयमै घटनास्थलमा पुगेकोमा बान्दीपोरा पुलिसप्रति आभार व्यक्त गरे। स्थानीय मानिसहरूले पनि तत्काल तथा समन्वित कारबाहीको सराहना गरे जसबाट मछुआराहरूको सुरक्षित फिर्ती सुनिश्चित भयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande